देवदह। गत वर्ष फारम संकलन गर्न छुटेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन आज देखि सुरु भएको छ। आज माघ १८ गते देखि २४ गते सम्म छुटेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने देवदह नगरपालिका भूमि सम्बन्धि समस्या समाधान आयोग लागत संकलन इकाई देवदहले जनाएको छ।
यस अघि पहिलो चरणमा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासि गरि १४ हजार ३ सय ५७ फारम संकलन भैसकेको र छुटेकाहरुको लागि माघ १८ गते देखि २४ गते सम्म संकलनका लागि सूचना जारि गरि लगत संकलन गर्न सुरु गरिएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो।
गत बर्ष ३५ दिनको सूचना जारि गरि भूमिहीन दलित १ सय ५७ जना,भूमिहीन सुकुम्बासी २ सय ६७ जना र अव्यवस्थित बसोवासि १३ हजार ९ सय ३३ जनाको फर्म संकलन गरिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij