बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images
  • 550
    SHARES

  • images
    images
    images
    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    images
    images
    images

    काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको  छ ।

    अब पेट्रोल  १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ ।  यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

    images
    images
    images

     

     

    आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य  ११६ रुपैयाँ तोकिएको छ ।  अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

    एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर  ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई  यथावत् नै राखिएको निगमले जनाएको छ ।

    यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब  २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ १८ २०७८०९:२९:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij