देवदह। रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ९ घोडाहा बाट करिब १ किलोमिटर उत्तरमा अवस्थित सातपत्रे सिमसार क्षेत्र आन्तरिक पर्यटकको आकर्षक बन्दै गएको छ। करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सिमसार क्षेत्रमा देश तथा विदेश बाट चरा चुरुंगीहरु आउने गर्छ। सिमसार क्षेत्रमा फुल्ने कमलको फुलले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गर्दछ।
भिडियो हेर्नुहोस
गौतम बुद्दको मावली स्थलको रुपमा परिचित देवदहको मुख्य पर्यटकीय क्षेत्रको रुपमा सिमसार क्षेत्रलाई विकसित गराउन सकिने भएपनि प्रचार प्रसार र संरक्षणको अभावमा सिमसार क्षेत्र ओजेलमा परेको छ।
बिभिन्न समयमा सिमसार संरक्षण र सौन्दर्यकरणका कार्यहरु भैरहेको वडा अध्यक्ष केशब भट्टराईले बताए। देवदह ९ को पर्यटकीय र एतिहासिक गन्तब्य सिमसार क्षेत्र,देवदह ताल र नागथानको थप व्यवस्थापनको लागि DPR भैसकेको र लगत्तै काम सुरुवात गर्न लागेको
वडा अध्यक्ष भट्टराईले जानकारी दिए।
संघिय सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत सिमसार क्षेत्रको लागि 20 लाख बिनियोजन भएको र देवदह तालको संरक्षण र व्यवस्थित गर्ने कार्य भएको वडा अध्यक्ष भट्टराईले बताए।
के हो सिमसार क्षेत्र भनेको ?
साधारणतया सिमसार भन्नाले नदी, ताल, जलाशय एवं वन जंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान भन्ने बुझिन्छ । सिमसार शब्दको “सिम” ले पानी नसुक्ने जमीन र “सार” भन्ने बुझाउँछ । नेपालमा साधारणतया सिमसार भन्नाले धानखेतको धाप, पानी जमेकोठाउँ वा दह भन्ने बुझिन्छ । विश्वमा हालसम्म सिमसारका करिब ५० थरिका परिभाषाहरू छन् ।
सिमसारमा वनस्पति जीवजन्तु तथा चराचुरुँगी को प्रचुरता हुने गर्दछ । नेपालमा सिमसारसम्बन्धी १२ थरिका शब्दहरू प्रयोगमा आउने गरेका छन् । यस परिप्रेक्ष्यमा सिमसारलाई निम्नअनुसार परिभाषित गर्न सकिन्छ– “भूमिगत जलस्रोत वा बर्षातका कारण पानीको परिणाम रहनेवा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा वगेको, स्वच्छ वा नुनिलो पानीभएको धापिलो जमिन दलदले जमिन ,नदीबाट प्रभावित जमिन र कृषि जमिन समेतले सिमसारलाई जनाउँछ ।”
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij