बुटवल। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता पारित नगर्न खबरदारी गर्दै यहि माघ २६ गते बुटवलमा ८ राजनीतिक दलले संयुक्त बिरोध गर्ने भएका छन्।
आज बुटवलमा बसेको ८ राजनीतिक दल/संगठनको संयुक्त बैठकले माघ २६ गते बृहत बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। अमेरिकी सरकारले राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनका लागि देउवा नेतृत्वको गठबन्धन सरकारलाई बारम्बार दवाब दिइरहेको र संसद बाट राष्ट्रघाती सम्झौता पारित भएमा नेपाल अमेरिकी साम्राज्यवादको क्रिडा स्थल बन्ने भन्दै एमसीसी तुरुन्त खारेज गर्नुपर्ने,पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मुल्य बृद्दी र दैनिक उपभोग्य सामाग्रीमा भएको चर्को महंगीले जनताको ढाड सकिरहेको र तत्काल मुल्य बृद्दी र महंगी
नियन्त्रण गर्नुपर्ने ,नेपाली भूभाग कालापानी लिपुलेक लगायतको जमिन फिर्ता र नेपाली जमिन माथि भएको हस्तक्षेप बन्द गर्नुपर्ने लगायतको बिषय उत्थान गरि बिरोध प्रदर्शन गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी ,नेकपा (मसाल),नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय (जनमोर्चा ),नेकपा (माले),देशभक्त जनगणतान्त्रिक मोर्चा,बैज्ञानिक समाजवादी नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्र समाजवादी लगायतका संगठन र दलले संयुक्त बिरोध प्रदर्शन गर्न लागेका हुन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij