देवदहको प्रगतिनगर देखि शंकरपुर जोड्ने सडकको पिच उप्कियो
देवदह। देवदह नगरपालिकाको प्रगतिनगर देखि शंकरपुर सम्म निर्माण भएको कालो पत्रे सडक भत्किएको छ । देवदह नगरपालिका र लुम्बिनी प्रदेशको शहरी बिकास मन्त्रालय बाट निर्माण भएको कालो पत्रे सडक अहिले धमाधम भत्किदै गइरहेको हो । २०५२ साल बाट अहिले सम्म बन्न नसकेको सडक २०७८ सालमा स्थानीय वडा कार्यलय र स्थानीय नागरिक को पहलमा उक्त कालो पत्रे सडक निर्माण भएको थियो ।
पांच वर्ष सम्म पनि बनेन पुल(भिडियो हेर्नुहोस)
यसै गरि देवदह नगरपालिका र संसदीय कोषको करिब १ करोड लगातमा सिक्टहन हुँदै प्रगति नगर सम्म जोड्ने कालो पत्रे सडक पनि उप्किने र दब्ने गरेको छ। उक्त सडक निर्माण योजना अनुसार रेहेरा सम्म भनिएको बाटो रकम अभावको कारणले सम्पन्न हुन सकेको थिएन। केही समय टेण्डर प्रक्रियाको काम ढिलाइ भए पनि योजना सम्पन्न भएको थियो। तर कालो पत्र गरेको केहि महिनामानै बाटो बीच बाट फुट्ने र भत्किने गरेको हो।

प्रगतिनगर ,शंकरपुर र सदौनी सम्म २ करोड १८ लाख को बजेटमा बन्न लगेको उक्त सडकको प्रगतिनगर सम्म सहि ढंगले काम भएको तर शंकरपुर क्षेत्रको सडक निर्माणमा लापरबाही भएको आरोप स्थानीयले लगाएका छन्। देवदह नगरपालिका वडा नम्बर ११ का सब इन्जिनियर श्री अवस्ताप यादवले भत्किएका ठाउँ लाई पुर्न मर्मत कार्य बारे चासो नै नदिएको देखिएको छ भने सम्पर्क गर्न खोज्दा फोन नउठाउने गरेको स्थानीय बासी संजय गुरुङले बताएका ।

सिक्टहन हुँदै रेहेरा सम्म निर्माण हुन लागेको कालो पत्रे सडक देवदहको वडा नम्बर ११ र १२ भित्र पर्छ,तर विकास निर्माणको काममा जनप्रतिनिधिले चासो नदिएको स्थानीयको आरोप छ।यस अघि वडा नम्बर ११ का वडाअध्यक्ष अमर बहादुर चौधरीले स्थानीय वासीलाई अनुकुल हुने स्थान भन्दा बाहिर स्वास्थ चौकी बनौन खोजेको भन्दै वडा नम्बर ११ का नागरिकहरुले वडा कार्यलय घेराउ समेत गरेका थिए।
कार्यक्रम कृषिका कुरा हेर्नुहोस।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij