बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै भट्टराईको कटाक्ष :भित्र खाओवाद बाहिर माओवाद

प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै भट्टराईको कटाक्ष :भित्र खाओवाद बाहिर माओवाद

images
  • 358
    SHARES

  • images
    images
    images
    प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै भट्टराईको कटाक्ष :भित्र खाओवाद बाहिर माओवाद
    images
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालमा परित गर्ने भन्दै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले सामाजिक संजाल ट्वीटरमा प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै पाखण्डी स्वभावको प्रवृत्तिले मुलुक नबन्ने बताएका छन् ।

    ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन,’ भट्टराईले भनेका छन् ।

    उनले अध्यक्ष प्रचण्डलाई भित्र भित्र राष्ट्रघात गर्ने र बाहिर भने राष्ट्रवादको भ्रम छर्ने भन्दै टिप्पणी गरेका छन् ।

    भट्टराईले प्रचण्डमा माछा देखे भित्र हात हाल्ने र सर्प देखे बाहिर हात निकाल्ने, भित्र खाओवाद बाहिर माओवाद प्रवित्तिको चित्रण भइसकेको आरोप लगाएका छन् ।

    प्रचण्डको यो प्रवृत्तिका कारण एमसीसी जुन ढंगले गिजोलिँदै छ । त्यसको परिणाम भम्भीर हुने र अति भए खति हुने उनले उल्लेख गरेका छन् ।

    डा. बाबुराम भट्टराईको ट्वीट

    भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ २४ २०७८०८:२१:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij