बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवलको तामनगरमा सडक दुर्घटना:तीन जनाको मृत्यु २ घाइते

बुटवलको तामनगरमा सडक दुर्घटना:तीन जनाको मृत्यु २ घाइते

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    बुटवलको तामनगरमा सडक दुर्घटना:तीन जनाको मृत्यु २ घाइते
    images
    images
    images

    बुटवल।  बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

    ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।

    images
    images
    images

    बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्। 

    घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ २४ २०७८१०:०९:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij