बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

images
  • 524
    SHARES

  • images
    images
    images
    स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय
    images
    images
    images

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो। 

    निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्‍यो ।

    images
    images
    images

    स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधि विहीन हुने व्यवस्था गरेको छैन ।

    ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ २४ २०७८०५:००:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij