देवदह। प्रगति सामुदायिक बन देवदहका अध्यक्ष चमाकान्त गौडेलले सामुदायिक वनको टेन्डर प्रक्रिया नियम संगत हिसाबले गरिएको दावी गरेका छन्।
पाँच बर्षमा पनि बनेन पुल,(भिडियो हेर्नुहोस)
टेन्डर प्रक्रियाको लागि नव तिलोत्तमा राष्ट्रिय दैनिकमा २१ दिने सुचना प्रकाशित गरिएको र टेन्डर प्रक्रियाको लागि बोलपत्र फारम र नगदी रसिद डिभिजन वन कार्यालय रुपन्देही,कोष तथा लेखा नियन्त्र कार्यालय रुपन्देही,देवदह नगरपालिका,देवदह सव-डिभिजन वन कार्यालय शितलनगर,जिल्ला समन्वय समिति रुपन्देही,जिल्ला मालपोत कार्यालय भैरहवा र समूहको कार्यालयमा सूचना टाँसगरिएको अध्यक्ष गौडेलले बताए।
टेन्डर आह्वान गरीए पछि १६ थान टेन्डर फारम समेत बिक्रि भएको र सत्य तथ्य नबुझी भ्रम फैलाउन खोजिएको समेत अध्यक्ष गौडेलले बताए।
आफु माथि आर्थिक अनियमितता गरेको भनेर लागेको आरोप झुठो,तथ्यहीन र कपोकल्पित भएको गौडेलले दावी गरे। स्थानिय केहि काठ ब्यवासयिहरुले झुठो र अतिरन्जित गराउन खोजेको भन्दै गौडेलले खेद प्रकट गरेका हुन्।
यास अघि गुराँस मिडियामा प्रगति सामुदायिक वनमा टेन्डर प्रकृयामा अनियमितता भएको आरोप के हो वास्तविकता भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो।
यद्यपि काठ लिलाम बिक्रीका लागि गरिएको टेन्डर प्रक्रिया रद्द हुने भएको छ।
कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij