मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनप्रतिनिधि निर्वाचित भएको साढे ४ बर्षमा देवदहमा के-के काम भए ?

जनप्रतिनिधि निर्वाचित भएको साढे ४ बर्षमा देवदहमा के-के काम भए ?

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    जनप्रतिनिधि निर्वाचित भएको साढे ४ बर्षमा देवदहमा के-के काम भए ?
    images
    images
    images

    देवदह। स्थानीय तहको निर्वाचन भएको झन्डै साढे ४ बर्ष बितिसकेको छ। 'पर्यटन कृषि र पूर्वाधार समृद्द देवदहको मूल आधार'भन्ने मूल नारा सहित सुरु भएको ५ बर्षको कार्यकालमा १० ओटा नगर सभा सम्पन्न भएको छ।  देवदह नगरपालिकाको दशौँ नगर सभामा आज देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख बिद्या लक्ष्मी गुरुङले जनप्रतिनिधि निर्वाचित भएको साढे ४ बर्षको मुख्य मुख्य कार्यहरु र चालु आर्थिक बर्षको पहिलो ६ महिनाको प्रगति विवरण र सार्वजनिक गरेका छन्। 


    दशौँ नगर सभामा प्रस्तुत भएको जनप्रतिनिधि निर्वाचित भए पछिका मुख्य मुख्य कार्यहरु 

    images
    images
    images

    कृषी तथा पशु सेवा तर्फ 

     

    कृषिका कुरा

     


    १)कृषकहरुको लागत तथा श्रम घटाउन हाल सम्म १३२ वटा कृषक,कृषि समूह,कृषि फर्म र कृषि सहकारीहरुलई ५० प्रतिशत अनुदानमा पावर टिलर ,रिपर मिनीटिलर र कर्न सेलर लगायतका कृषि यन्त्र उपकरणहरु वितरण गरिएको छ। 

    २)९०० बिघामा सिंचाई हुँदै आएकोमा थप ४ऒ बिघा भन्दा बढी क्षेत्रफलमा सिंचाई सुबिधा विस्तार गर्नुका साथै थोपा सिंचाई कार्यक्रमलाई समेत प्रोत्साहन गरिएको छ। भै लु भू ज  डिप बोरिङ्ग अन्तर्गत रहेका ७ वटा बोरिङ्गको ५० प्रतिशत बिद्युत महशुल नगरपालिकाले भुक्तानी गर्दै आएको छ। 

    ३)नगरमा पहिलोपटक १० विगाहा जमिनमा रामपुर हाइब्रिड जातको मकै विज वृद्धि भईरहेको छ । साथै देवदह नगरपालिकाको वडा नं. ४, ५, ६,१०,११२१२ मा तरकारी माछा र सिमि समेत गरि ६ वटा पकेट क्षेत्र स्थापना भइ उत्पादन गईरहेको छ ।

    ४ नगरपालिकाको सम्पुर्ण वार्डबाट माटोको नमुना सडकलन गरी गाडो उर्वरा शक्तिको किताब तयार गरीएको छ । साथै माटोको गुणस्तर सुधारको लागि ५० प्रतिशत अनुदानमा प्राङ्गारिक र हरियो मल वितरण गर्ने कार्य भइरहेको छ।

    नगरपालिका भित्रको कृषि उत्पादनलाई बजारीकरणमा जोड्नका लागि वडा नं ११ मा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ ।

    ६. नगरभित्रको खण्डीकृत जग्गालाई चक्लाबन्दी गर्ने उद्देश्यले २ थान लेजर लैडलर नगरले खरिद गरि चक्लाबन्दी गर्न ईच्छुक किसानबाट आवेदन सडकलन भईसकेको छ ।

    उत्पादनमा आधारित कोभिड १९ विशेष कृषि कार्यक्रम अन्तरगत वैदेशिक रोजगारबाट फर्केका ६३ जना युवा कृषकहरुलाई नगरले रोजगारी सिर्जना गर्न अवसर प्रदान गरेको छ ।

    ८. मौरी पालन व्यवसायलाई प्रोत्साहन गर्न र सङ्ख्या वृद्धि गर्न २५० वटा मौरी गोला सहितको घार बितरण गरिएको छ।

    यस देवदह नगरपालिकामा रासायनिक मल वितरण व्यवस्थापन समिति गठन भई १३ सहकारीलाई रासायनिक मल विक्रेता इजाजत र डिलरसिप उपलब्ध गराई सो डिलरहरुबाट रासायनिक मल उपलब्ध गराइएको छ

    १०)मुख्यमन्त्री ग्रामिण विकास तथा स्वरोजगार कार्यक्रमबाट कृषि क्षेत्रमा ३ समुहलाई सामुहिक तरकारी खेति बिगाह संचालन गरि स्वरोजगारी सृजना गर्ने कार्य सम्पन्न भएको छ । साथै विपन्न लक्ष्यित कार्यक्रम अन्तर्गत गोला सहितको मौरी घार १३ जना कृषकलाई प्रति कृषक ५/५ वटाका दरले ६५ ओटा मौरी घार बाड्ने कार्य सम्पन्न भएको छ।

    ११)हालसम्म कृषकहरुलाई च्याउ खेती सम्बन्धि तालिम तथा ७००० प्याकेट च्याउको बिउ वितरण गरी पोषण स्तरमा सुधार गर्नुका साथै आम्दानीको स्रोतको रुपमा बिकास गरिएको छ

    १२. अमेरिकाबाट Sexed semen खरिद गरि देवदहमा भएका गाईमा कृत्रिम गर्भाधान गराई ३०० वटा बाच्छी उत्पादन गरी स्थानीय गाईमा नश्ल सुधार गर्ने कार्य भएको छ ।

    १३. नश्ल सुधारका लागि वर्षेनी उन्नत नश्लका ३ वटा बोयर बोका खरिदमा अनुदान दिई स्थानीय बाख्रामा नश्ल सुधार गराई मासु उत्पादन तथा आयआर्जनमा टेवा पुर्याएको छ ।

    १४. किसानले आफुले पाल्दै आएको पशुको विमा गरेबाफत तिरेको प्रिमियम रकममा देवदह नगरपालिकाले थप ५० प्रतिशत अनुदान दिने व्यबस्था गरेको छ ।

    १५. साना किसानलाई मध्यनजर गरि गाईभैंसीको गोठ सुधारमा १६० वटा फार्म, बाखाको खोर सुधारमा १५ फार्म र विद्युतीय च्याफकटर वितरणमा १०५ जनाले अनुदान प्राप्त गरेका छन ।

    १६. बाखाको श्रोत विकास गर्नका लागि देवदह नगरपालिका वडा नं. ०६ दाउन्नेमा ५० जनाको बाउने बाख्रापालन समूह गठन गरि प्रत्येक वर्ष रु. ५००,०००। वजेट विनियोजित गरि उन्नत नम्रका प्रजननयोग्य पाठी वितरण गरि बाख्राको श्रोत विकास गर्ने कार्य भएको छ ।

    १७. पशुमा लाग्ने महामारी रोग खोरेत, भ्यागुते, चरचरे तथा पि.पि.आर. विरुद्धको खोप कार्य निशुल्क गर्ने व्यबस्था गरिएको छ ।

    १८)पशु सेवा शाखामा सामन्य  ल्यावको स्तरोन्नति गरि थुनेलो तथा गोबर परिक्षण गर्ने व्यवस्था मिलाइएको छ। 


    शिक्षा तर्फ

    १९.कक्षा १-८ को लागि स्थानीय पाठ्यक्रम निर्माण भई लागु भइसकेको छ । स्थानीय पाठ्यपुस्तक लेखन तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    २०. संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट गरि जम्मा ४२ वटा नयाँ कक्षा कोठा निर्माण, ९ वटा नयाँ वास सुविधा सहितको शौचालय निर्माण र केही विद्यालयहरुमा जिप्सन तथा खानेपानीको व्यवस्था र विद्युतीकरणको काम समेत सम्पन्न भएको छ ।

    २१. माद्यमिक तहमा न्यून शिक्षक दरबन्दीको समस्यालाई मध्यनजर गरि नगरपालिकाको आन्तरिक स्रोतबाट तलव भत्ता खानेगरि १२ जना माध्यमिक तहका स्वयंसेवी शिक्षक नियुक्त गरिएको छ। विद्यालयहरुमा दरबन्दी मिलान गरि शिक्षक व्यवस्थापन गरिएको छ ।

    २२. बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्दि गरि मासिक रु. १५०००/- पुर्याइएको छ ।

    २३. चारवटा सामूदायिक माध्यमिक विद्यालयहरुको लागि एक करोड रुपैंया बजेट विनियोजन गरि स्कुल बसको व्यवस्था गरिएको छ । भविष्य निर्माण माध्यमिक विद्यालयले भारतीय दुतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको छ ।

    २४. सामूदायिक विद्यालयका सबै बाल विकास केन्द्रमा फर्निसिङ्ग, भित्ते लेखन र वाल सुलभ सामग्री व्यवस्थापन भई नगरपालिका भित्रका सम्पूर्ण बालकक्षाहरु बालमैत्री बनाइएको छ ।

    २५. सबै सामूदायिक विद्यालयका कक्षा १ देखि ५ मा अध्ययनरत सबै बालबालिकाहरुलाई टिफिन बक्स उपलब्ध गराइएको तथा सबै विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।

    महिनावारीको कारण पढाइमा असर नपुगोस भन्ने उद्देश्यले महिनावारी हुने उमेरका सम्पूर्ण छात्राहरुको लागि निशुल्क स्यानिटरी प्याड वितरण कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ । २७. प्रारम्भिक कक्षा पढाई कार्यक्रममार्फत कक्षा १,२ र ३ का विद्यार्थीको पठनसीपमा सुधार गरिएको छ ।

    २८. प्रधानाध्यापक तथा शिक्षकको कार्यकुशलता र पेशागत दक्षता अभिबृद्धिको लागि सबै सामूदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालयमा लेखा राख्ने शिक्षक तथा कर्मचारीलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

    २९. शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाई सिकाई उपलब्धी अभिवृद्धि गर्ने उद्देश्यले ४५ जना शिक्षकहरुलाइ ल्यापटप खरिदको लागि रु.१५००० का दरले अनुदान रकम उपलब्ध गराईएको छ । सूचना प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षणको लागि शिक्षकहरुलाई ३० दिने सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गरिएको छ । Smart Education कार्यक्रम मार्फत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने प्रयास गरिएको छ ।

    कोरोना भाइरसको सम्भावित जोखिम कम गर्नका लागि सबै शिक्षण संस्थाहरुमा हात धुने स्वचालित मेसिन उपलब्ध गराइएको छ ।

    ३१. कोभिड-१९ का कारण भएको शैक्षिक क्षतिलाई न्यूनिकरणका लागि रेडियो शिक्षा र टोल शिक्षा कार्यक्रम जस्ता वैकल्पिक सिकाइका कार्यक्रम संचालन गरि कठिन अवस्थामा पनि सिकाईलाइ निरन्तरता दिइएको छ ।

    ३२. उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रममार्फत शिक्षक र विद्यार्थीलाइ सिकाईमा उत्प्रेरित गरिएको छ ।

    ३३. नगर शिक्षा गुरुयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसको निर्माण पछि योजनाहरु एवं शैक्षिक विकासको लागि कोशेढुङ्गा निर्माण हुने विश्वास गरिएको छ ।

    ३४. गुरुकूल शिक्षालाई प्रवर्द्धन गर्न गौशालामा कामधेनु गुरुपिठ संचालन गर्ने गरि अनुमति प्रदान गरिएको छ ।

    स्वास्थ्य सेवा तर्फ 

    ३५.उपप्रमुखसंग, गर्भवती तथा सुत्केरी आमा कार्यक्रम लागु गरि होम डेलिभरि लाई निरुत्साहीत गरिएको छ।

    ३६. सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे प्रशुति तथा प्रयोगशाला विस्तार गरि ३ वटै स्वास्थ्य संस्था बाट प्रशुति तथा प्रयोगशाला सेवा संचालनमा रहेको छ ।

    ३७. बेमवह स्वास्थ्य चौकीमा गर्भवति आमाहरुलाई लक्षित गरि भिडियो एक्स रे सेवा संचालनमा ल्याइएको छ।

    ३८ कोमिड १९ को सुरुवाति चरणमा क्वारेन्टाईन निर्माण गरि भारत लगाएत तेस्रो मुलुक बाट आउने नागरिकलाई १४ दिन क्वारेन्टाईन राख्ने तथा RDT, PCR जाच गरि घर तर्फ पठाउने कार्य गरिएको

    ३९. अस्थायी कोरोना अस्पताल स्थापना गरि हाल सम्म सेवा संचालनमा रहेको छ । ४०. स्वास्थ्य संस्था नभएका बार्डहरुमा निर्माणको प्रक्रिया अगाडी बढाइएको साथै निर्माणको प्रक्रिया सम्पन्न भएका स्वास्थ्य संस्थाहरुबाट यसै वर्षदेखि सेवा संचालन सुरु गर्ने तयारी भैरहेको छ।

    ४१. देवदह स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १५ बेडको अस्पताल निर्माण कार्य अगाडी बढेको छ ।

    ४२. मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, मुटु रोग, सिकलसेल एनेमिया जस्ता रोगहरुको लागी अस्पतालमा सहुलियत उपचार खर्चको लागि विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ बमोजिम औषधी उपचार गर्नका लागी सिफारिश गर्ने कार्य गरिएको छ ।

    ४३. देवदह नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने नागरिकहरुलाई निशुल्क रक्त सेवाको लागि अनुदान सम्बन्धि कार्यविधि २०७७ निर्माण गरि निशुल्क रगत उपलब्ध गराइएको छ। ४४. देवदह नगरपालिकामा कार्यरत सबै महिला स्वास्थ्य स्वयं सेविकाहरुको दुर्घटना बिमा गरिएको छ।

    ४५. देवदह नगरपालिका भित्र बसोवास गर्ने मधुमेह तथा उच्च रक्तचापका बिरामीहरु 500 mg र एम्लोडिपाइन 5mg निःशुल्क वितरण गरिएको छ।

    ४६. संघीय सरकारको राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमलाइ यस नगरपालिकाम २०७७ आश्विन महिना देखि लागु गरिएको छ ।

    ४७. मेडिकल अफिसर नियुक्ति गरि देवदह स्वास्थ्य चौकि, केरवानी स्वास्थ्य चौकि र सिक्टहन स्वास्थ्य चौकी बाट नागरिकहरुलाइ चिकित्सकिय सेवा प्रदान गरिएको छ ।

    ४८. ८ प्रकारका कडा रोग लागेका विपन्न नागरिकहरुलाई अस्पतालसम्म जानका लागि जनही रु १० हजार राहत उपलब्ध गराइएको छ ।

     

    भौतिक पूर्वाधार निर्माण तर्फ

    ४९. नगरपालिकाको आयस्रोत लाई बढाउने तथा यहाँको स्थानीय उत्पादनको बिक्री वितरण गर्नको लागि सुविधा सम्पन्न देवदह बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरिएको छ ।

    ५०. नगरपालिकाको संस्थागत विकास गर्नको लागि आवश्यक पर्ने सुविधा सम्पन्न ९ वटा वडा कार्यालयहरु निर्माण सम्पन्न गरिएको छ ।

    ५१. नगरपालिका परिसरमा कम्पाउण्ड वाल, चमेना गृहपार्किङ्क टायल लगाउने कार्य पार्किड सेड सम्पन्न गरी थप हरीयाली तथा सौन्दरीकरण गर्ने कार्य अगाडी बढाईएको छ ।

    ५२. नगरपालिकाको वडा न. १. मा करिब २०० जनाको क्षमता भएको सभाहल निर्माण सम्पन्न गरिएको छ ।

    ५३. नगरपालिकाको एकिकृत शहरी विकास योजना (IUDP) तयार गरीएको छ जस अन्तर्गत नगरपालिकाको चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गरिएको छ ।

    ५४. नगरपालिकाको आवधिक योजना र नगर यातायात गुरुयोजना तयार पारिएको छ ।

    ५५. पर्यटन विकासको लागि वडा न ७ शितलनगरस्थित यशोधरा बालउद्धान तथा देवदह ५ दाउन्ने स्थित गौतम बुद्ध राष्ट्रिय उद्घानको स्तरोन्नती गरिएको छ । 

    ५६. पर्यटन गरुयोजना तयार पार्ने कार्य अगाडी बढाईएको छ ।

    ५७. मंगल पुस्करणी दह,शितलनगर स्थित क्रिकेट स्टेडियम, पानवारी फुटवल स्टेडियमको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गरि निर्माण कार्य प्रारम्भ गरीएको छ ।

    ५८. रोहिणी बाँध र गौतमबुद्ध अन्तराष्ट्रिय उद्घान तथा संग्रालयको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य अगाडी बढेको छ ।

    ५९. वडा न. ११२१२ को प्रमुख बाटोको रुपमा रहेको सिक्टहन देखि प्रगतिनगर, शंकरपुर, सहदौनिया बजार हुँदै कदमीपुर सम्म र वडा नं ५ को सिमाना देखि मायादेवी खानेपानी सिंगाहा विजयपुर पिपरैया सम्मको बाटो तथा गत वर्ष ठेक्का लागेका विभिन्न वडाका कालोपत्रे सडक निर्माण गरिएको छ।

    ६०. नगरपालिकाको सबै वडामा खानेपानी तथा सिचाँईको लागि स्यालो तथा डिप ट्युबेल गरी करित्र ५० वटा बोरीङ्ग गर्ने कार्य सम्पन्न भएको छ ।

    ६१.एक नगर एक औद्योगिक ग्राम निर्माण गर्ने योजना अन्तर्गत वडा न ३ को टटेरामा विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गरिएको छ ।

    ६२.वडा न. ९ को घोडाहा र टटेरा जोड्ने पुल तथा नगरका विभिन्न उद्याननहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको छ।

     

    राजश्व तर्फ 

    ६३. राजस्व संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग गरि डिजिटलाइज्ड गरिएको छ।

    ६४. नगरपालिकाको आन्तरिक राजश्व परिचालनलाई सुदृढ एवं प्रवर्द्धन गर्नको लागि प्राकृतिक श्रोत विक्रीविज्ञापन कर एवं घर बहाल कर समेत विभिन्न स्थानीय करहरुलाई राजश्वको दायरा भित्र ल्याइएको छ ।

     

    सार्वजनिक सेवा र सुशासन तर्फ:

    ६५. साविकमा संयुक्त वडा कार्यालयहरुवाट सेवा प्रवाह भएकोमा सबै वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न भई तत् तत् वडा कार्यालयवाट सेवा प्रवाह सुचारु भएको छ ।

    ६६. सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन जनशक्ति व्यवस्थापन गरिएको छ । ६७. नगरपालिका कार्यालय तथा मातहतका कार्यालयहरुमा ई हाजिरिको व्यवस्था मिलाईएको ।

    ६८. बदलिदो विश्व परिवेशसंग नगरपालिकाको सेवा प्रवाहलाई Tip UP गर्न घटना दर्ता, राजख प्रणाली तथा योजना जस्ता कृयाकलाप संचालनमा सफ्टवेयरको प्रयोग गरिएको छ ।

    भूमि व्यावस्थापन तथा जग्गा पुननापी सम्बन्धी:

    ६९. देवदह नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा भूमि आयोगसंग सम्झौता भई भूमिहीन दलितभूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासीको व्यवस्थापनको लागि कार्य अगाडी बढेको छ।

    ७०. राष्ट्रिय आवास कम्पनीसंग सम्झौता भई जग्गा नापजाँचको कार्य सम्पन्न भई पुर्जा वितरणको तयारीको कार्य भइरहेको छ ।

    ७१. देवदह नगरपालिका वडा नं ९ र १० भलुही र बुद्धनगर स्थित सिट पर्ने नम्बरी जग्गा पुनः नापी कार्य सम्पन्न भई जग्गा दर्ता प्रक्रिया पुर्णरुपमा सम्पन्न गरिसकेपछि जगते जग्गाधनीहरुलाइ पुर्जा वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको छ।

     

    आर्थिक विकास तर्फ

    ७२.खानेपानी तथा सरसफाई क्षेत्रको विकासलाई योजनाबद्ध रुपमा कार्यन्वयन गर्न लुम्बिनी प्रदेश सरकार संगको समन्वयमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी योजना (WASH PLAN) तयार गरिएको छ ।

    ७३. गरिब घर परिवार पहिचान गरि परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत प्रथम चरणको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ ।

    ७४. यस नगरपालिका क्षेत्रको बजार विविधिकरण र पर्यटनसँग आवद्ध हुने गरि प्रदर्शनी कक्ष तथा विभि कक्ष सहितको बहुउद्देश्यीय कोशेली भवन निर्माण सम्पन्न गरिएको छ ।

    ७५. नगरपालिकाको भवानीपुर क्षेत्र र पुर्व पश्चिम लोकमार्गको दायाँबायाँका साथै भित्र पर्ने निर्माण भईसकेका घरहरुको बाहिरी भाग बुद्धसँग सम्बन्धित एउटै रङ्ग प्रयोग गर्न अनुदानको व्यवस्था गरिएको छ ।

    ७६. स्पेनमा बन्न लागेको लुम्बिनी गार्डेन परियोजनामा देवदहको समेत चिनारी राखी देवदहको विश्वव्यापी प्रचार गराउने कार्यका लागि लुम्बिनी गार्डेन फाउन्डेशन र क्याथेटस सिटि सँग MOU भएको छ । 

    ७७. यस नगरपालिकाभित्र रहेका यसोधरा पार्क, गौतम बुद्ध राष्ट्रिय उद्यान, भवानीपुर मायादेवी पार्क कोलिय पार्क, जैविक विविधता पार्क, विपार्क .पी., पुष्पलाल पार्क, मदन आश्रित पार्क, बैकुण्ठ नगर वाल उद्यान,प्रगति बोटानिकल गार्डेनसातपत्रे सिमसार क्षेत्र लगायतका पार्कहरुको पृथक पहिचान झल्कने गरि संरचनाहरु निर्माण भईरहेको छ ।

    ७८. लुम्बिनी बौद्ध विश्वविद्यालय को आंगिक क्याम्पस स्थापना भई यस वर्ष देखि पठन पाठन सुचारु भएको छ ।

     

    कानुन तर्फ:

    ७९. हालसम्म देवदह नगरपालिकामा २४ वटा ऐन, ४ वटा नियमावलि, २३ वटा कार्यवधी भार ५ वटा निर्देशिका र २ वटा आचारसंहिता गरी कुल ५८ वटा कानुन निर्माण गरि कार्यान्वयनमा रहेको छ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij