बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

images
  • 316
    SHARES

  • images
    images
    images
    दूधको मूल्य प्रतिलिटर  ८५ रुपैयाँ निर्धारण
    images
    images
    images

    गुराँस मिडिया। सरकारको स्वामित्वमा  रहेको दुग्ध   विकास   संस्थान   (डीडीसी)ले   दूधको   उपभोक्ता मूल्य  प्रतिलिटर  नौ रुपियाँ  वृद्धि  गरी  ८५  रुपियाँ  निर्धारण  गरेको छ । डीडीसीको  बुधबार  बसेको  सञ्चालक  समितिको बैठकले   सो   मूल्य  निर्धारण   गरेको   हो । यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६.५२ रुपियाँ  वृद्धि  गरी  ५६.०४  रुपियाँ  निर्धारण  गरेको  थियो । त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य  निर्धारण  गर्ने जिम्मेवारी  डीडीसीलाई  दिएको  थियो ।


    डीडीसीले  उपभोक्ता मूल्य  निर्धारण  गरिसकेपछि  त्यसैको  आधारमा  निजी  डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपियाँ थिया । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर  ६.५२  रुपियाँ  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर२.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको  छ । उद्योगीले  प्रतिलिटर १० रुपियाँ वृद्धि  गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये  सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, माघ २७ २०७८०८:०६:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij