गुराँस मिडिया। नेपालगन्जमा मिनी क्यासिनो सञ्चालन गरिरहेको ड्रिमल्याण्ड होटल संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बन्द गराएका छन्। क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन्।
२ ०६७ भदौ २० मा मिनी क्यासिनो ९आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेलको अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । तर, आर्थिक वर्ष २०७६(७७ सम्मको बक्यौता, आव २०७७(७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।
याक एण्ड यतीको होटल वर्गीकरणस्तर र क्यासिनोको लाइसेन्स रद्द भइसकेको छ ।
ड्रिमल्याण्ड होटल पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij