देवदह २७,माघ। रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । प्रचण्डको निवास खुमलटारमा आज पार्टी प्रवेश गराईएको हो ।
उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए।
उनले आफ्नी पत्नी पल्लबी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारसमेत बनाएका थिए। पछिल्लो समय सीके राउत नेतृत्वको जनमत पार्टी नेपालसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij