मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको यशोधारा बाल उद्यानमा महामाया,प्रजापति गौतमी र यशोधाराको मुर्ती अनावरण

देवदहको यशोधारा बाल उद्यानमा महामाया,प्रजापति गौतमी र यशोधाराको मुर्ती अनावरण

images
  • 513
    SHARES

  • images
    images
    images
    देवदहको यशोधारा बाल उद्यानमा महामाया,प्रजापति गौतमी र यशोधाराको मुर्ती अनावरण
    images
    images
    images

    देवदह।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत शितलनगरमा अवस्थित यशोधारा बाल उद्यानमा महामाया,प्रजापति गौतमी र यशोधाराको मुर्ती अनावरण गरिएको छ।

     

    images
    images
    images

     

    शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मुर्ती अनावरण गरिएको हो।अन्तर्राष्ट्रिय बौद्द भिक्षुणि संघको संयोजनमा अनुपमा गुरुमा,धनमयजु भवानी राजेन्द्र श्रेष्ठ लगायत दाताहरु बाट प्राप्त मुर्तीको रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा एमाले केन्द्रीय सचीव छबिलाल बिश्वकर्मा,देवदह नगरपालिका नगर प्रमुख हिरा बहादुर खत्री,नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,अनुपमा गुरुमा लगायत दाताहरु बाट संयुक्त रुपमा अनावरण गरिएको हो।

    No description available.

    मुर्ति अनावरण पश्चात आफ्नो भनाई राख्दै सांसद विश्वकर्माले बौद्द धर्म सङ्ग देवदहको इतिहास जोडिएकाले देवदह क्षेत्रको प्रचारप्रसार र बौद्ध कालिन संरचनाको खोज अनुसन्धान र संरक्षण गर्नुपर्ने बताउनुभयो । देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले बुद्दको मावली देवदह आफैमा पवित्र स्थल भएकोले बौद्द कालिन इतिहासको संरक्षण र प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो। 

    No description available.

    कार्यक्रममा अन्तरास्ट्रिय बौद्द भिक्षुणि संघका पदाधिकारी र सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधि,समाजसेवी,संघ संस्थाका प्रतिनिधि,देवदह नगर पर्यटन समितीका सदस्यहरु र स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

    No description available.

    देवदह ७ शितलनगरको सृजना सामुदायिक वनको क्षेत्रमा रास्ट्रपति चुरे संरक्षण कार्यक्रमको ४० लाख र प्रदेश सरकार र देवदह नगरपालिकाको १ करोड ३० लाख लागतमा २०७६ साल बाट संचालनमा आएको पार्कमा बाल उद्यान ,पिकनिक स्पट,सहिद स्तम्भ र बौद्ध धर्म सङ्ग संबंधित इतिहास झल्कने संरचना रहेका छन् ।

    No description available.

    कार्यक्रम सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षता,उपाध्यक्ष शालिकराम तिवारीको स्वागत,राजन श्रेष्ठ र टीका गौतमको संचालनमा सम्पन्न भएको थियो।

    No description available.

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij