बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पशुलाई 'पासो' बन्दै बुटवल-नारायणगढ सडकखण्ड छेउका खाडल

पशुलाई 'पासो' बन्दै बुटवल-नारायणगढ सडकखण्ड छेउका खाडल

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पशुलाई 'पासो' बन्दै बुटवल-नारायणगढ सडकखण्ड छेउका खाडल
    images
    images
    images

    बुटवल । बुटवल-नारायणगढसडक खण्ड निर्माण समयमै नहुँदा यात्रु र सवारी चालकले भोगेका समस्या अनगिन्ती छन् । हिलो र धुलोका समस्या हुन् या सडकका खाल्डा तथा अव्यवस्थित डाइभर्सनका समस्या नै किन नहुन् । यावत् समस्याका चाङ देखेर पनि नदेखे झै गर्छन्, निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी र सरोकारवाला निकाय ।

    No description available.

    images
    images
    images

    त्यसो त मानिस मात्रै हैन, अव्यवस्थित सडका कारण जनावर पनि उत्तिकै पिडित छन् । पछिल्लो समय सडकमा छोडिने पशु चौपाया सडक छेउका ठुला खाल्डा र सडक निर्माणका लागि बिछ्याईएको माटोको दलदलमा फस्ने क्रम बढेको छ । 

    शुक्रबार खैरेनी-बुटवल सडकखण्ड अन्तर्गत घोडाहा पुल नजिकै सडक छेउको दलदलमा फसेको गाईको बाच्छिको उद्दार गरिएको छ । देवदहबाट बुटवल जाने क्रममा गाईको बाच्छी हिलोमा फसेको देखेपछि झण्डै एक घण्टाको समय लगाएर उद्दार गरिएको सेतोमसीका सम्पादक विष्णु पोखरेलले बताए ।

    No description available.

    सम्पादक पोखरेल र गुँरास मिडियाका पत्रकार निर्मल थापाको पहलमा अन्य दुई मोटरसाइकलमा सवार चालकको समेत सहयोग लिएर उक्त बाच्छिलाई उद्दार गरि दलदल नभएको स्थानमा पुर्याएर छाडिएको थियो । भलुहीका धनु पाण्डे र अनुज सामीको सहयोग लिएर आफुहरूले गाईको बाच्छिलाई उद्दार गरी प्राण बचाएको गुराँस मिडियाका पत्रकार थापाले बताए ।

    उक्त उद्दारमा खटिएका देवदहवासी धनु पाण्डेले यस अघिपनि यसरी गाईका बाच्छी हिलोमा फसेको आफुले देखेको र उद्दार गरेको बताए ।

    यस प्रकारका घटना सामान्य हुँदै होइनन् । घरमा पालिने पशु चौपायालाई सडकमा छाड्ने नागरिक र बेलैमा निर्माण सम्पन्न नगर्ने र निर्माण कार्य गर्दा आवश्यक मापदण्ड नअपनाउँने ठेकेदार कम्पनी तथा त्यसको अनुगमन नगर्ने सम्बन्धित निकाय सबै जिम्मेवार हुन जरुरी छ ।

    No description available.


    स्मरण रहोस्, हालै चितवनमा सडक निर्माणको क्रममा खनिएको नालीको खाल्डोमा परी एउटा गैंडाको मृत्यु भएको थियो ।

     

    No description available.

    No description available.

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ २९ २०७८१०:३७:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij