मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केरवानी मावि निर्वाचन :२७ बुंदे प्रतिबद्दता सहित नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा

केरवानी मावि निर्वाचन :२७ बुंदे प्रतिबद्दता सहित नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    केरवानी मावि निर्वाचन :२७ बुंदे प्रतिबद्दता सहित नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा रहेको श्री केरवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन यहि फागुन ३ गते हुँदैछ। 
    संयुक्त गठबन्धन बाट नेपाली नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् भने नेकपा एमालेले एकल रुपमा प्रतिस्पर्धा गर्ने भएको छ। 

    शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले निकट उम्मेदवारहरुले २७ बुंदे घोषणा पत्र सहित चुनावी मैदानमा  प्रतिस्पर्धा गर्न लागेको जानकारी गराएको छ। 

    images
    images
    images

    नेकपा एमाले बाट देवी प्रसाद न्यौपाने बाघ चिन्ह,दिलमाया सुनार कार,बालानन्द न्यौपाने कम्प्युटर र माया भण्डारीले घडी चिन्ह लिएर चुनावी  प्रतिस्पर्धा गर्न लागेको जानकारी गाराइएको हो। 

    बिद्यालय क्षेत्रमा राजनीति हुन नहुने र सहमति बाट नेतृत्वको चयन गर्न आफुहरुले अन्य राजनीतिक दल संग सहमतिको  प्रयास गरेता पनि सहमति हुन नसके पछि चुनावी प्रतिस्पर्धामा उत्रिनु परेको नेकपा एमाले देवदह नगर कमिटिका अध्यक्ष टिकाराम चापागाईंले बताउनुभयो। 
    नेपाली माध्यम कक्षा १ देखि १० सम्म मासिक शुल्क नलाग्ने गरि निशुल्क शिक्षाको ग्यारेन्टी गरिने,प्राविधिक धार कृषि बाली बिज्ञान तर्फ कक्षा ९ र १० को शिक्षा नि:शुल्क गरिने लगायत अन्य महत्वपुर्ण एजेण्डाहरु सहित चुनावी प्रतिस्पर्धा गर्न लागेको र आफुहरुले चुनाव जितेमा प्रतिबद्दताहरु पुरा गरिने समेत बताइएको छ। 


    विद्यालय व्यवस्थापन समितिको निर्वाचनको लागि नेकपा एमाले उमेदवारहरुको प्रतिबद्धता

    १.नेपाली माध्यम कक्षा १ देखि १० सम्म मासिक शुल्क नलाग्ने गरी निःशुल्क शिक्षाको ग्यारेन्टी गरिने छ र कक्षा ५ सम्म निःशुल्क गुणस्तरिय खाजाको व्यवस्था गरिने छ ।

    २. चारित्रिक तथा स्थानान्तरण प्रमाणपत्र शुल्कमा न्युनतम ५० प्रतिशत रकम घटाइने छ ।

    ३. प्राविधिक धार कृषि (बाली विज्ञान) तर्फ कक्षा ४ र १० को शिक्षा, निःशुल्क गरिने छ ।

    ४. आर्थिक अवस्था अति कमजोर भएका अभिभावक छनौट गरी उनीहरूका बालबालिकाको कक्षा १२ सम्मको शिक्षा पूर्णतया निःशुल्क गरिने छ । 

    ५.अङ्ग्रेजी माध्यममा जेहनदार तथा कक्षा प्रथम हुने विद्यार्थीको मासिक शुल्क शत प्रतिशत छुट गरिने छ ।

    ६. अङ्ग्रेजी माध्यमतर्फ सर्वसुलभ शिक्षाको ग्यारेन्टी गरिने छ ।

    ७. महिनामा कम्तीमा एक पटक अभिभावक भेला गरी विद्यार्थीको प्रगति विवरण सम्बन्धमा छलफल गरिने छ | 

    ८.अति कमजोर बिद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्थापन गरिने छ ।

    ९. शुद्ध पिउने पानीको लागि फिल्टरको व्यवस्था गरिने छ ।

    १०. पुस्तकालय तथा निःशुल्क कम्प्युटर कक्षाको व्यवस्था गरिने छ ।

    ११. सर्वसुलभ यातायातको व्यवस्था गरिने छ ।

    १२. वार्षिक रुपमा अभिभावक सम्मान कार्यक्रम गरिने छ ।

    १३. गुनासो तथा सुझाव पेटिकाको व्यवस्था गरी गुनासो सुनुवाई तथा सुझाव कार्यान्वयनको व्यवस्था गरिने छ । 

    १४.अति विपन्न वर्गका दलित, जनजाति एवम् अन्य बिद्यार्थीहरुको लागि बिद्यालय पोशाक साथै शैक्षिक सामाग्रीको व्यवस्था गरिने छ ।

    १५.शिक्षक कर्मचारी सम्मान,अध्ययन भ्रमण तथा सेवा सुविधामा पूनर्मूल्याङ्कन गरिनेछ ।

    १६.केरवानी मा.बिलाई यस क्षेत्रको उत्कृष्ट नमुना विद्यालय बनाइने छ ।

    १७. सुविधा सम्पन्न शौचालयको व्यवस्था गरिने छ ।

    १८. विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री मापदण्डका आधारमा विकास गरिने छ ।

    १५. अतिरिक्त क्रियाकलापको साप्ताहिक रुपमा व्यवस्था गरिने छ र रेडक्रस तथा बाल क्लवलाई सक्रिय बनाइने छ ।

    २०. विद्यालयमा खेल मैदान र खेल सामग्रीको उचित व्यवस्था गरी विद्यार्थीको शारीरिक तथा सवेगात्मक विकासमा जोड दिइने छ ।

    २१. विद्यालयको प्रशासनिक सेवा र आर्थिक कारोवारलाई चुस्त, दुरुस्त तथा पारदर्शी बनाइने छ ।

    २२. कम्प्युटर ल्याव, लाइब्रेरी र विज्ञान प्रयोगशालालाई आधुनिकीकरण गरिने छ ।

    २३. विद्यालयको चमेनागृह सर्वसुलभ र स्तरीय रुपमा विकास गरिने छ २४, कृषि (प्राविधिक वाली विज्ञान) तर्फको शिक्षण सिकाइमा विद्यार्थी आकर्षण बढाउनको लागि कमाउँदै पढ्दै कार्यक्रम लागु गरिने छ ।

    २५. विद्यालयको जग्गाको उचित संरक्षण तथा उपयोग गरिने छ ।

    २६ विद्यालयका संस्थापक, पूर्व वि.व्य.स., विद्यालयमा विशेष योगदान ने शिक्षा प्रेमी, समाज सेवी एवम् चन्दादाताको सम्मान गरिने छ २७. समस्त विद्यालयको वातारणलाई स्वच्छ, शान्त र वालमैत्री बनाइने छ

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij