बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता

प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता

images
  • 399
    SHARES

  • images
    images
    images
    प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता
    images
    images
    images

    काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको छ,' सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, फाल्गुण १ २०७८१२:०४:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij