देवदह।रुपन्देहीको देवदहमा अवस्थित केरवानी माध्यामिक बिद्यालयका शिक्षकले अभिभावक माथी हातपात गरेको घटना सार्वजनिक भएको छ।
बिद्यालयका शिक्षक यज्ञ प्रसाद न्यौपानेले अभिभावक बिरेन्द्र पाण्डे माथी हातपात गरेका हुन् ।पीडित विरेन्द्र पाण्डेले आइतबार पत्रकार सम्मेलन गर्दै आफुमाथी बिद्यालय भित्र शिक्षकले हातपात गरेको बताएका हुन।
बिद्यालय हाता भित्र केहि बिद्यार्थीहरुले चुनावी पर्चा वितरण गरेको देखे पछि बिद्यालय भित्र राजनीति हुन नहुने र विद्यार्थीलाई यस्तो कार्य गर्न नदिनका लागि सुझाव दिदा शिक्षक न्यौपानेले एक्कासी आफुलाई हातपात गरेको बताएका हुन् ।
अभिभावकलाई हातपात गर्ने शिक्षकले विद्यार्थीलाई समेत हातपात गर्न सक्ने भन्दै आफुलाई अन्याय भएको र हातपात गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउनुपर्ने पीडित पाण्डेको माग रहेको छ।
यद्यपि शिक्षक न्यौपानेले भने सामान्य विवाद भएको र उक्त विवादलाई अतिरन्जित गर्न खोजिएको बताएका छन् ।
बिद्यालय व्यवस्थापन समितिको निर्वाचन आगामी फागुन ३ गते हुँदैछ।नेकपा एमाले र संयुक्त गठबन्धन आसन्न निर्वाचनका लागि चुनावी मैदानमा छन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij