बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अभिनेत्री रेखा थापाले गरिन् विवाह

अभिनेत्री रेखा थापाले गरिन् विवाह

images
  • 521
    SHARES

  • images
    images
    images
    अभिनेत्री रेखा थापाले गरिन् विवाह
    images
    images
    images

    काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्मात्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन।पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन।

    थापाले आफ्ना प्रेमी बलराम शाहीसँग ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ। उनीहरुले जिल्ला अदालत काठमाडौंमा पुगेर केहि दिन अघि ‘कोर्ट म्यारिज’ गरेका हुन।

    images
    images
    images

    जाजरकोट स्थायी घर भएका शाही पेशाले पर्यटन व्यवसायी रहेको बताइएको छ। रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए।निर्माता छवि ओझासँगको करिब १० वर्षको वैवाहिक सम्बन्ध टुटेपछि रेखा केही वर्षयता ‘सिंगल लाइफ’ बिताइरहेकी थिइन्।

    आफ्नो विवाहबारे रेखाले भने औपचारिक रुपमा केहि बताएकी छैनन्। सामाजिक सञ्जाल फेसबुकमा उनले पछिल्लो पटक प्रणय दिवसको अवसरमा स्टाटस लेख्दै सबैलाई शुभकामना दिएकी छन।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij