बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमालेका ५ सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्विकार

एमालेका ५ सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्विकार

images
  • 445
    SHARES

  • images
    images
    images
    एमालेका ५ सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्विकार
    images
    images
    images

    काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रयोजन नखुलाएको खाली कागजमा हस्ताक्षर गराउन लगाउँदा एमालेका पाँच सांसदले अस्विकार गरिदिएका छन् ।

    आफूहरुलाई के प्रयोजनका लागि खाली कागजमा हस्ताक्षर गर्न लगाइएको भन्ने प्रश्नमा जवाफ नआएपछि एमालेका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।

    images
    images
    images

    खाली कागजमा हस्ताक्षर गर्न लगाउँदा बैठकमा सहभागी भएका सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेनन् ।

    बैठकमा सहभागी एक एमाले नेताका अनुसार ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गर्न लगाइएको थियो । यसरी छुट्टाछुट्टै कागजमा हस्ताक्षर गर्न लगाएपछि सुरुमै भीम रावल विरोधमा उत्रिएका थिए ।

    पछि ४ सांसदले पनि त्यसको विरोध गरेका थिए । उनीहरुले यो सरासर कीर्ते काम हो भन्दै खाली कागजमा हस्ताक्षर गरेनन् । अन्य सांसदले भने हस्ताक्षर गरेको बताइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, फाल्गुण २ २०७८०८:००:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij