देवदह। रुपन्देहीको देवदहमा रहेको केरवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा संयुक्त गठबन्धन प्यानल विजयी भएको छ।
११ सय १४ मतदाता रहेको विद्यालयमा ६ सय ६५ मत मत खसेको थियो। खसेको मत मध्ये संयुक्त गठबन्धनका खुल्ला सदस्यको उम्मेदवार विरेन्द्र पाण्डेले ३६४ मत,धन कुमारी सापकोटाले ३५७ मत,महिला सदस्य पदम कुमारी रिजालले ३६८ मत र सिता शर्मा काफ्लेले ३६३ मत प्राप्त गरि विजयी भएका छन्।
त्यस्तै गरि निर्वचनमा पराजित नेकपा एमालेका उम्मेदवार देवी प्रसाद न्यौपानेले २५३ मत ,दिलमाया सुनारले २३९ मत,बालानन्द न्यौपानेले २४४ मत र माया भण्डारी भट्टराईले २४४ मत प्राप्त गरेका छन्।
जम्मा खसेको मत मध्ये ४२ मत बदर भएको थियो। चुनाव बाट ४ सदस्य निर्वाचित भएका छन्। अब १ जना वडा अध्यक्ष,१ जना शिक्षक प्रतिनिधि र बाँकी १ जना समाजसेवी व्यक्तित्व मनोनित गरि सदस्यीय बिद्यालय व्यवस्थापन समिति बनाइने बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij