देवदह। रुपन्देहीको देवदहमा आँखा शिविर सम्पन्न भएको छ। देवदह -४ भवानीपुरमा अवस्थित श्रृष्टि सामुदायिक बन उपभोक्ता समुहको आयोजना र बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

निशुल्क आँखा शिविरमा २ सय १७ जनाले आँखा परिक्षण गराएका थिए। जस मध्ये २० जनालाई मोतीबिन्दु देखिएकोले निशुल्क शल्यक्रिया हुने भएको छ। आँखा शिविरमा डा इम्दिरा जोशी र अखिलेश यादवले सहजीकरण गरेका थिए।
बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग र श्रृष्टि सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा संचालन भएको आँखा शिविरमा बिरामीलाई दिइएको सम्पुर्ण औषधि खर्च समेत सामुदायिक बनले व्यवस्थापन गरेको सामुदायिक वनका अध्यक्ष बम बहादुर आलेले जानकारी दिए। २२ औं साधारण सभाको अवसर पारेर उक्त आँखा शिविर संचालन गरिएको अध्यक्ष आलेले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij