गुल्मी। गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका(४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।
वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएको स्थानीयले बताएका छन्।
आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाका अनुसार घटनास्थल तर्फ प्रहरी जाँदै गरेको र अनुसन्धान पश्चात घटनाको थप विवरण खुल्ने बताए। बिभिन्न राजनीतिक दलले बन्द आह्वान गरिरहेको सन्दर्भमा आगाजनी कसले गर्यो भन्ने बिषय खुल्न सकेको छैन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij