देवदह। रुपन्देहीको देवदहमा अवस्थित केरवानी मावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राम कृष्ण पाैडेल चयन भएका छन्।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन पश्चात आज बसेको पहिलो बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो।
त्यसै गरि महिला सदस्यमा शुशिला भट्टराई मनोनित भएका छन्। ९ सदस्यीय समितिमा एक जना वडा अध्यक्ष,शिक्षक अभिभावाक प्रतिनिधि र प्रधानाध्यापक रहने छन्।
विद्यालय व्यवस्थापन समितिको फागुन ३ गते भएको निर्वाचनमा संयुक्त गठबन्धन बाट विरेन्द्र पाण्डे,धना कुमारी सापकोटा,पदम कुमारी रिजाल र सित शर्मा काफ्ले निर्वाचित भएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij