मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बाणगंगा नगरपालिकाले ५ सय ७० कृषकलाई दक्षिण कोरिया पठाउने

बाणगंगा नगरपालिकाले ५ सय ७० कृषकलाई दक्षिण कोरिया पठाउने

images
  • 398
    SHARES

  • images
    images
    images
    बाणगंगा नगरपालिकाले ५ सय ७० कृषकलाई दक्षिण कोरिया पठाउने
    images
    images
    images

    कार्यक्रम:कृषिका कुरा(भिडियो हेर्नुहोस)

     

    images
    images
    images

     

    कपिलवस्तु।कपिलवस्तुको बाणगंगा नगरपालिकाले मौसमी कृषि कामदार स्वरुप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने भएको छ । कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउन स्थानिय ५ सय ७० जना कृषकहरुलाई पालिकाबाट छनौट गरी पठाउने भएको हो । यसका लागि मंगलबार नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारी र बाणगंगा नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारीहरु बिचमा अन्तरिक्रया गरिएको छ । कृषि प्रणाली विकासमा टेवा पु¥याउन , स्थानिय कृषकलाई नयाँ कृषि प्रबिधिका बिषयमा जानकारी गराउन, कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय कृषकलाई  कोरिया पठाउन लागिएको नगरप्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ ।

    कार्यक्रम:कृषिका कुरा(भिडियो हेर्नुहोस)

     

    नेपाल कल्चरसेन्टर कोरियाका पदाधिकारीलाई नगरपालिकामा स्वागत गर्दै नगरप्रमुख थारुले नगरको कृषि र कृषकको बर्तमान अवस्था र यहा रहेका पर्यटकीय संगै धार्मिक क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । उहाले नगरपालिकालाई छनौट गरेकोमा धन्यवाद दिदै कोरिया संग नगरपालिकाले सम्बन्ध राख्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो ।

    बाणगङ्गा नगरपालिकाका कृषकलाई दक्षिण कोरिया पठाइँदै

    यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ । केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । यस्तै कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा नेपाल कल्चरसेन्टरका म्यानेजर चचुङगो , मणि गौतमको उपस्थिती रहेको थियो । ३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम मासिक तलब २ लाख सम्म रहेको बताइएको छ ।

     

    कार्यक्रम:कृषिका कुरा(भिडियो हेर्नुहोस)

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij