काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन अभियान चलाउने भएको छ।
आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले घरघर जाऔँ, कांग्रेस जिताऔँ भन्ने अभियान सुरु गरिने बताए।अभियानमा कांग्रेसका सम्पूर्ण पंक्ति खटिने उनले बताए। सो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म निरन्तर चल्ने महतको भनाइ छ।
स्थानीय निर्वाचन वैशाख ३० गते हुँदैछ। निर्वाचन तोक्ने सरकारको निर्णयलाई स्वागत गरेका छौं। सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौं, प्रवक्ता महतले भने।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij