बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

करेन्ट लागेर पाल्पा तिनाउका दाजुभाइको मृत्यु

करेन्ट लागेर पाल्पा तिनाउका दाजुभाइको मृत्यु

images
  • 448
    SHARES

  • images
    images
    images
    करेन्ट लागेर पाल्पा तिनाउका दाजुभाइको मृत्यु
    images
    images
    images

    तिनाउ।  पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो।

    बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images
    images
    images

    स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण ६ २०७८०८:१७:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij