बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरू

images
  • 365
    SHARES

  • images
    images
    images
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरू
    images
    images
    images

    भैरहवा। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरू भएको छ।

    थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्यान्हबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रूपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए।

    images
    images
    images

    उनले भने, ‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ। ’

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आइसिबी-टुका व्यवस्थापक इञ्जिनियर प्रवीन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भई उपकरणहरू जडान भइसकेको बताए।

    उनले क्यालिब्रेसनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए।

    ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरू गरिएको न्यौपानेले बताए।

    विमानस्थलको भौतिक निर्माण आयोजना (आइसिबी-वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड-१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरूप काम हुन नसकेको बताए।उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए। 

    ‘क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले शुक्रबारदेखि काम सुरू गरेको छ’, उनले भने,‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पूरा गर्नुपर्नेछ।’

    सुरूआती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए। यद्यपि सबै सरोकारवालाहरूको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए।

    सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरू गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण ६ २०७८०७:४८:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij