बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बलात्कारीलाई अदालतले सफाई दिएको भन्दै कारबाहीको माग

बलात्कारीलाई अदालतले सफाई दिएको भन्दै कारबाहीको माग

images
  • 464
    SHARES

  • images
    images
    images
    बलात्कारीलाई अदालतले सफाई दिएको भन्दै कारबाहीको माग
    images
    images
    images

    काठमाडौं । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाइ दिएकोमा आपत्ति जनाउनुभएको छ ।

    आज रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई बलात्कार गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अन्याय गरेको दुखेसो पोख्नुभयो ।

    images
    images
    images

    निहारिका राजपूतले राज्यले आफूलाई न्याय नदिए आत्महत्या गर्नेसमेत चेतावनी दिनुभयो । उहाँले साथीले बोलाएर घरमा गएको बेला आफूलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले बलात्कार गरेको स्मरण गराउनुभयो ।

    आफूले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफूलाई न्याय मिल्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,द‘मैले युवकसँग अरू केही मागेको छैन, उसले सजाय मात्र पाउनुपर्‍यो अरू केही चाहिँदैन । मेरो इज्जत त गइसक्यो, अरू के बाँकी छ र ?’

    उहाँले आफू कुनै पनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’

    युवकको परिवारले पहिला आफ्नो कुरा नसुने पनि अहिले भने आफूलाई स्वीकार गर्ने कुरा आफन्तले सुनाए पनि युवकसँग विवाह गर्ने पक्षमा भने आफू नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँको अहिले डेढ वर्षको छोरा छन् ।

    बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदा पनि आजसम्म न्याय नपाएको उहाँको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उहाँले बताउनुभयो ।

    उहाँले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परे पनि जिल्ला अदालत धनुषाले सफाइ दिएको भन्दै आपत्ति जनाउनुभयो । ‘ममाथि अन्याय भएको छ, म कलङ्कित भएको महसुस गरेको छु ।’–उहाँले दुखेसो पोख्नुभयो ।

    महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफूलाई सहयोग नगरेको पनि उहाँको गुनासो छ। उहाँले भन्नुभयो, ‘महिला आयोगले आफूलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफू र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारबाही गरे आफूले न्याय पाएको महसुस हुने उहाँको भनाई थियो ।

    उहाँले आफूलाई बलात्कार गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पार्नुभयो । बेहोस बनाएर बलात्कार गरेको र आफू होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चिच्याएर कराउँदा मेरो नाङ्गो फोटोहरू देखाएर धम्काएपछि म डराएँ ।’ यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उहाँले जिकिर छ ।

    निहारिकाले डिएनए टेस्ट गर्न पनि युवक नमानेको सुनाउनुभयो । युवकले आफूलाई धम्काएको सबै प्रमाणहरू सुरक्षित रहेको पनि उहाँको भनाई छ । उहाँले अदालतले भने उक्त मुद्दामा ‘युवक र युवतीको मिलेमतोमा भएको शारीरिक सम्बन्ध’ भनेर केटाले सफाइ पाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘धनुषा अदालतका न्यायाधीश परशुराम भट्टराईले युवकलाई सफाइ दिनुभयो ।

    उहाँले आफ्नो पक्षमा न्यायको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा, बाइक चोरी गरेको र लागु औषधको मुद्दामा पनि युवकमाथि मुद्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’ परिवारले आफूलाई घरमा लगेमा समुदायबाट वञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उहाँले दुःख पोख्नुभयो ।

    कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद भएको भन्दै उहाँको माग सुनुवाइ गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । निहारिकाले न्याय नपाए अबको विकल्प आत्महत्या मात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र तनावमा हुनुहुन्छ भन्ने कुरा दर्साएको सुवेदीले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘अब उहाँको जाने ठाउँ छैन, कुनै पनि महिलाले न्याय नपाउने देश हो नेपाल ।’ योगमायाले महिला अधिकारको लागि लडेको धेरै भए पनि आजसम्म न्याय नपाएको स्मरण गराउँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित महिला भएर सोच्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ महिलाको बारेमा पनि सोच्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खाने मात्र काम नगर्नुहोस् ।’

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण ६ २०७८०८:००:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij