बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भाैतिक विकास सँगै मानविय विकासमा जाेड दिदै बुटवल उपमहानगरपालिका

भाैतिक विकास सँगै मानविय विकासमा जाेड दिदै बुटवल उपमहानगरपालिका

images
  • 434
    SHARES

  • images
    images
    images
    भाैतिक विकास सँगै मानविय विकासमा जाेड दिदै बुटवल उपमहानगरपालिका
    images
    images
    images

    बुटवल, फागुन ७।बुटवल उपमहानगरपालिकाकाे आयाेजनामा तीन दिने  लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएकाे छ । रुपन्देही लुम्बिनी पिस भिलेज छपियामा आयाेजना गरिएकाे तालिमकाे बुटवल उपमहानगरपालिका उप- प्रमुख गुमादेवी आचार्यले शुभारम्म गर्नुभयाे ।

    कार्यक्रमकाे अध्यक्ष समेत रहेका उप प्रमुख गुमादेवी आचार्यले नगरपालिकाले विगतका दिनमम पनि निरन्तर महिला समावेशिकरका साथै विभिन्न प्रकृतिकाे समावेसीकरणकाे लागि काम गरेकाे जानकारि दिदै आगामी दिनमा बन्ने बजेटमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका मुद्दा प्राथमिकताका साथ समावेश हुने बताउनुभयाे  । उहाँले खासगरि याेजना निर्माणमा अधितम समावेशीकरणमा  जाेड दिएकाे जानकारि दिदै यसले गर्दा नगरकाे समावेशी विकासमा ठाेस याेगदान पुगेकाे बताउनुभयाे  ।

    images
    images
    images

    No description available.

    कार्यक्रममा बाेल्दै उप प्रमुख आचार्यले भाैतिक विकाससंगै लैंगिक समावेशी विकासमा नगरपालिकाले विशेष जाेड दिइएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे -" हामीले भाैतिक विकाससंगै समाजिक उत्थानकाे काममा विशेषा जाेड दिएका छाै । " 
    नगरकार्यपालिका  सदस्य विष्णु देवि शर्माले तालिम शुभारम्भकाे अवसरमा बाेल्दै बुटवल उपमहानगरपालिका लैंगिकमैत्री नगर तर्फ उन्मुख भएकाे बताउनुभयाे । बुटवल उपमहानगरपालिका का विभिन्न महाशाखा प्रमुख तथा प्रतिनिधि, नगर कार्यपालिका सदस्य सहित ४० जनाकाे सहभागीता रहेकाे थियाे ।

    बुटवल उपमहानगरपालिका महिला उत्थान समितिका सह संयाेजक ज्ञानु केशी र सदस्य टीका ओली समेत कार्यक्रममा सहभागी रहनु भएकाे थियाे ।

    No description available.

    कार्यक्रममा लैगिंक शुसासन विज्ञ छायाँ दाहालले सहजिकरण गर्नु भएको  थियाे। तालिमकाे दाेस्राे दिन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले नगरपालिकाले ठाेस रुपमा समावेशी र लैङ्गिक समानताकाे विषयमा काम गर्दै आएकाे जानकारी गराउदै   आगामी दिनमा निर्माण हुने बजेटमा समावेशिता  र सामाजिक समावेशिकरण क्षेत्रमा विशेष ख्याल गरिने बताउनुभयाे । दिर्घकालिन रणनितिक याेजना तथा विकासमा नगरपालिकाले विशेष याेजना निर्माण गर्ने उहाँकाे  भनाई थियाे । कार्यशालामा विभिन्न ६ वटा समूह निर्माण गरि लैगिक समानता तथा समावेशीकरण सम्बन्धि छलफल गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन सामाजिक विकासशाखा प्रमुख तुलसा अर्यालले गर्नुभएकाे थियो ।  

    कार्यक्रम युकेएड, नेपाल हेल्थ सेक्टर सपाेर्ट प्राेग्राम, सुदृढ परियोजना  र फेरमेडकाे आर्थिक तथा प्राविधिक सहयाेग र बुटवल उपमहानगरपालिका काे आयाेजनामा भएकाे थियोे।।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij