बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमसीसीको विरुद्दमा वाइसीएल र अखिल क्रान्तिकारीको मसाल जुलुस

एमसीसीको विरुद्दमा वाइसीएल र अखिल क्रान्तिकारीको मसाल जुलुस

images
  • 269
    SHARES

  • images
    images
    images
    एमसीसीको विरुद्दमा वाइसीएल र अखिल क्रान्तिकारीको मसाल जुलुस
    images
    images
    images

    देवदह । अमेरिकी सहयोग नियोग एमसीसी सदनमा टेबल भएको विरोधमा सत्तारुढदल नेकपा माओवादी निकट युवा तथा विद्यार्थीहरूले विरोध जनाएका छन् । रुपन्देहीको देवदहमा राँके जुलुस गर्दै वाइसीएल नेपाल र अखिल क्रान्तिकारीले मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् ।

    देवदहको मिलनचोकबाट सुरूभएर खैरेनीचोकमा पुगी कोणसभामा परिणत भएको उक्त विरोध कार्यक्रममा कार्यक्रममा बोल्दै युवा नेता प्रेम थापाले स्वाधीनताको लडाइँ गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सचेत युवा पिँढिलाई स्वाधीनताको लडाइँमा ऎक्यबद्द हुन अपिल गरे ।एमसीसी सदन बाट फिर्ता नगरे संसद भवन भित्रै बाट नेताहरुको कठालो समात्ने चेतवानी दिए। 

    images
    images
    images

    त्यसै गरि बिरोध कार्यक्रममा बोल्दै वाइसिएलका युवा नेता रोहित वाग्लेले जनयुद्ध र जनआन्दोलन देश बिक्री गर्नका लागि नगरिएको बताएका थिए । राष्ट्रिय स्वाधीनताको लागि अन्तिम साससम्म वाइसीएल लगायतका युवा विद्यार्थीहरू लड्ने उद्घोष गर्दै वाग्लेले मागेर देश विकास गर्ने दिवासपनाबाट व्युँझिन नेताहरूलाई आग्रह गरे ।

    प्रदर्शनमा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको साथमा युवा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, फाल्गुण ८ २०७८०८:२०:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij