देवदह खानेपानीको चुनावी सरगर्मी बढ्यो
देवदह। रुपन्देहीको देवदहमा रहेको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि उम्मेदवारहरु कडा प्रतिस्पर्धामा उत्रिएका छन्।
संस्थाको नयाँ नेतृत्वका लागि नेकपा एमाले बाट गुमान सिंह कुँवर र गठबन्धन बाट मोतिलाल ढकाल प्रतिस्पर्धामा छन्।नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ भने गठबन्धन बाट नेपालि कांग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा एकीकृत समाजवादीले उम्मेदवारनै उठाएर प्रतिस्प्रधामा छन् भने राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी पार्टीको समर्थन गठबन्धनलाई रहेको छ।
नेकपा एमाले बाट अध्यक्षमा गुमन सिंह कुँवर,उपाध्यक्षमा,अनिशा पौडेल लामिछाने,हरि प्रसाद पाण्डे सचिब,कृष्ण प्रसाद ज्ञवाली कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् भने संयुक्त गठबन्धन बाट नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल अध्यक्षमा,राप्रपा बाट मिनादेबी रिमाल उपध्यक्षमा, कांग्रेस बाट डिल्लीराज मरासिनी सचिबमा र एकीकृत समाजवादी बाट थानेश्वर भट्टराई कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा प्रतिस्पर्धामा छन्।
अघिल्लो चुनाव जस्तै यस पटक पनि निर्वाचन उत्साहजनक र रोमाञ्चक हुने देखिएको छ। खानेपानीको चुनाव नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ। चुनाव आफ्नो पक्षमा पार्न सबै उम्मेदवारले सक्रियता बढाएका छन्। यस अघि स्वतन्त्र रुपमा चुनावमा उठेर विजयी बनेका कुँवरलाई यस पटक पनि चुनाव जितेर आफ्नो साख जोगाउनुपर्ने अवस्था छ।
त्यस्तै अघिल्लो चुनाबमा तत्कालिन नेकपा बाट उम्मेदवार बनेर पराजित बनेका ढकाल यस पटक संयुक्त गठबन्धन बाट चुनाव जितेर बदला लिने दाउमा छन्।
१२ पदाधिकारी र ७ सदस्य गरि १९ पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन फागुन १४ गते देवदह आदर्श बहुमुखी क्याम्पसको प्रांगणमा हुनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij