गुराँस मिडिया। सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुपले २ लाख ६२ हजार बढी मगर सदस्यलाई एकै साथ निशुल्क मगर भाषा कक्षा संचालन गरेकोछ।
बिगत एक बर्ष अघि देखी सुरु गरेको मगर भाषा क्लास अहिले पनि निरन्तर चलिहरेको छ।फेसबुक लाइभ मार्फत मगर भाषाबाट बन्चीत लाखौ मगरलाई हरेक दिन बेलूकी ८ बजे(नेपाली समय) निरन्तर मगर ढूट (भाषा) मगर संसार ग्रुप भित्र सिकाई रहेको अध्यक्ष अनिल लामिछाने मगरले बताउनु भएको छ।
मगर भएर मगर भाषा नजन्दा धेरै मगर साथिहरुले गुनासो गर्ने र भाषा सिक्न निकै इच्छुक देखेपछि अनलाइन मार्फत मगर संसारले पहिलो पटक निःशुल्क कक्षाको सुरुवात गरेको हो।शिक्षकलाई पारिश्रमिकको ब्यवस्था गरी कक्षा संचालन गरेको जानकारी दिनु भएको छ।
मगर भाषा क्लास संचालन गर्न मगर संसारलाई विभिन्न सहयोगी दाता हरुले आर्थिक सहयोग गरेको र सोहि सहयोग बाट आजसम्म भाषा सिकाई रहेको जानकारी समेत दिनु भयो।
मगर भाषा अनलाइन क्लासले इच्छुक र फुर्सदिलो साथीहरुलाई निकै फाइदा पुगेको र यो क्लास २०७८ भरी संचालन हुने अध्यक्ष मगरले जानकारी दिनु भयो।मगर भाषा कक्षा सुरुमा आकृति थापा मगर र उमा मगरले गर्नु भएको थियो भने हाल ६ महीना देखी अस्मिता हितन मगरले सिकाउदै आउनु भएको । त्यसै गरी मगर खाम पाङ पनि तीन महीना सम्म प्रशिक्षक इराधा झाँक्री मगरले संचालन गर्नु भयको थियो।
भाषा क्लासले भाषा बाट बन्चीत लाखौ मगर समुदाय लाई निकै फाइदा पुगेको र झोर्ले भन्न मगर संसारले सिकायो जस्ता कमेन्टले मगर संसारले गरेको मगर भाषा अनलाइन क्लास प्रति निकै खुसी लागेको अनिल अध्यक्ष मगरले जानकारी दिनु भयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij