फागुन १३,लेटाङ। २ दिन अघि देखि बिद्यालय बाट घर फर्कने क्रममा हराएकी लेटाङ ८ जाते ज्यामिरेकी करुणा राईको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानिय जंगलमा शब फेला परेको छ ।प्रहरीले आज बिहान स्थानिय शिबशक्ती सामुदयिक बनमा शब फेला पारेको हो । शवलाई पोस्टमार्टमका लागि लानेक्रममा स्थानिय बासी तथा बिद्यार्थिहरुले करुणाको न्याय माग्दै बाटो छेकेर आन्दोलन गरिरहेका छन । आन्दोलनमा रहेकाहरुले दोषिलाई आजै सार्बजनिक गर्न माग गरेका छ भने करुणाको परिबारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन । बलत्कारीलाइ फाँसी दिनुपर्ने आन्दोलरत पक्षको माग छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij