देवदह।सर्वत्र चर्चा र चासोको बिषय बनेको देवदहकै ठुलो खानेपानी संस्था देवदह खानेपानी तथ उपभोक्ता समितीको तेस्रो अधिबेशन बाट अध्यक्षमा पुनः गुमान सिंह कुवर निर्वाचित भएका छ्न।
फागुन १४ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,राप्रपा,एकीकृत समाजवादी लगायत ६ दलको तर्फ बाट संयुक्त उम्मेदवारी दिएका अध्यक्षका उम्मेदवार मोतिलाल ढकाललाई ४ सय ४१ मतान्तरले पराजित गर्दै कुवर अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले निकट व्यावसायिक तथा प्रगतिशील प्यानल बाट उम्मेदवारी दिएका अध्यक्ष कुवर सहित उपाध्यक्षमा अनिशा पौडेल,सचीवमा हरि पाण्डे र कोषाध्यक्षमा कृष्ण ज्ञावलि विजयी भएका हुन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij