बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कुनै प्रलोभनमा नपरी मुलुक र जनताको हितमा काम गर्ने प्रण गर्छु :मन्त्रि राना

कुनै प्रलोभनमा नपरी मुलुक र जनताको हितमा काम गर्ने प्रण गर्छु :मन्त्रि राना

images
  • 486
    SHARES

  • images
    images
    images
    कुनै प्रलोभनमा नपरी मुलुक र जनताको हितमा काम गर्ने प्रण गर्छु :मन्त्रि राना
    images
    images
    images

    देवदह। लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बिर बहादुर रानाले आफु कुनै पनि प्रलोभनमा नपरी मुलुक र जनताको हितमा काम गर्ने बताएका छन् । ४० औं मगर दिवसको अवसरमा देवदहको सेमरहनामा नेपाल मगर संघ देवदह नगर समितिले आयोजना गरेको कार्यक्रममा आफ्ना भनाई राख्दै मन्त्री रानाले उक्त भनाइ राखेका हुन्। 

     

    images
    images
    images

     

    हजारौ मगर समुदायको उपस्थितिमा प्रतिबद्दता गर्दै आफु कुनै लोभ र स्वार्थमा नपर्ने उद्घोष गरेका थिए। मगर समुदायको विकासका लागि र समग्रह देश र जनताको समृद्दिको लागि आफ्नो पदको दुरुपयोग नगरी मगर समुदायको शिर उच्च राख्ने गरि कार्य गर्ने मन्त्रि रानाले बताए। 

    राजनीतिक र सामाजिक हिसाबले मगर पुस्ताको इतिहास रहेको बताउंदै मन्त्रि रानाले राज्यको मूल प्रबाहमा पुग्न मगर समुदाय अग्रसर हुनु पर्ने मन्त्रि रानाले बताए। 

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,नेपाली काँग्रेसका नगर सभापति गुनाखर भुर्तेल,वडा अध्यक्ष पदम बहादुर थापा,यम राना,भिम बहादुर गुरुङ,मिना श्रेष्ठ,केशब बहादुर पुन,जस बहादुर पुन लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

    मगर दिवसको अवसरमा मगर समुदायको संस्कृति झल्काउने नृत्य,खानाका परिकार तथा बिभिन्न खेल समेत आयोजना गरिएको गरिएको थियो 

    कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षता,उपाध्यक्ष खेम बहादुर थापाको स्वागत र सचिब मन बहादुर राना मगरको संचालन सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij