बुटवल अपडेट
बुटवल । एमसीसीको विरुद्दमा सडकमा उत्रिएका १७ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। बुटवलको बसपार्क लगायतका ठाउँ बाट एमसीसीको विरोधमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी,दर्सन गुरुङ,खोम तरामु,पारस राहाडी लगायत रहेका छन्।
एमसीसी संसदमा अनुमदों भए पछि फागुन १६ गते नेपाल बन्दको आह्वान गरिएको थियो। बन्दको कारण उद्योग कलकारखाना,यातायात,बिद्यालय सरकारी कार्यालय लगायतका कामकाज प्रभावित बनेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij