बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राष्ट्रियता रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिकलाई एकजुट हुन आह्वान

राष्ट्रियता रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिकलाई एकजुट हुन आह्वान

images
  • 562
    SHARES

  • images
    images
    images
    राष्ट्रियता रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिकलाई एकजुट हुन आह्वान
    images
    images
    images

    देवदह। राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी,नेकपा,नेकपा समाजवादी लगायत ८ दलले एमसीसीको बिरुद्दमा आह्वान गरेको नेपाल बन्द सफल भएको जनाएको छ। 

    बेलुकी ५ बजे कोण सभा गर्दै एमसीसी बिरुद्दको बन्द सफल भएको जनाएको हो। 

    images
    images
    images

    बिरोध कार्यक्रममा बोल्दै एमसीसी बिरुद्दका युवा अभियन्ता प्रेम थापा मगरले सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्तालाई एमसीसीको बिरुद्द सडकमा उत्रन आह्वान गरेका छन्। 

    नेपाल रहे मात्रै नेपाली रहने भन्दै थापाले राष्ट्रियता बचाउनका लागि फेरि एक पटक देशव्यापी  बृहत आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्।राष्टघातको बिरुद्द र राष्ट्रियताको रक्षाको लागि सबै एक जुट हुने बेला आएको समेत थापाले बताए। 

    देश रहे पार्टी,नेता र कार्यकर्ता रहन्छौ,देशनै नरहे के पार्टी के राजनीतिक दल त्यसैले सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्तालाई पार्टी र नेताले के भन्छन भनेर पर्खिने होइन राष्ट्रियताको सवालमा छाती थापेर अगाडी आउन आह्वान समेत गरेका छन्। 

     

     

    श्रीलंकाले एमसीसी खारेज गरेको उदारहरण दिंदै थापाले सरकारले व्याख्यात्मक टिप्पणी भनेर जनताको आँखामा छारो हाल्ने काम गर्न खोजेको बताएका छन्। 

    नेपालको बौद्दिक सम्पति माथि आँखा लगाउने अधिकार कुनै पनि देशलाई नरहेको बताउंदै थापाले नेपाललाई संकट परेको बेला राष्ट्रियता बचाउनु पहिलो प्राथमिकता रहेको बताएका हुन्। 

     

    एमसीसी फोहोर मानसिकताको उपज भएको र जवसम्म राजनीतिक नेतृत्व फोहोर मानसिकताबाट मुक्त हुँदैन तबसम्म यसप्रकारका राष्ट्रघाती सम्झौता हुँदै गर्छन् । त्यसैले नेताहरूलाई हामी सडक चोक सफा गर्छौ, तपाईंहरू दुषित मानसिकता बदल्नुहोस भन्ने सन्देश दिन बन्दको समर्थनमा सरसफाइ समेत गरिएको थापाले बताए। 

    No description available.

    कोण सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका देवदह नगर अध्यक्ष हरि केसीले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्द सबै देशप्रेमी जनतालाई एक कुट हुन आह्वान गरेका छन्। साथै आज बन्दको समर्थन गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेका छन्। 

    No description available.

    कोण सभामा देश भक्त जनगणतान्त्रिक मोर्चा देवदहका नगर इन्चार्ज भिमलाल काफ्ले,धनु पाण्डे लगायतले बोलेका थिए। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij