सुर्खेत। सुर्खेतमा एमाले र कांग्रेसको कार्यालयमा आगजनी भएको छ। जनताको मागको सुनुवाई नगरी संसद बाट एमसीसी अनुमदोन गरिएको भन्दै आगजनी भएको हो।
एमसीसी बिरुद्दका आन्दोलनकारीहरुले नेकपा एमाले र नेपाली कांग्रेसको सुर्खेत जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका हुन्।
आगजनी पश्चात क्षेतिको विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगजनी भएको स्थानमा प्रहरी पुगेको र घटना सम्बन्धि अनुसन्धान भैरहेको जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij