बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रावलले एमसीसीको बारेमा बोलेर हिरो बन्न खोजेको ओलीको आरोप

रावलले एमसीसीको बारेमा बोलेर हिरो बन्न खोजेको ओलीको आरोप

images
  • 455
    SHARES

  • images
    images
    images
    रावलले एमसीसीको बारेमा बोलेर हिरो बन्न खोजेको ओलीको आरोप
    images
    images
    images

    काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता डा. भीम रावललाई व्यक्तिगत रुपमा हिरो देखिन खोजेको भन्दै अनुशासनहीन काम गरेको बताएका छन् ।

    संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहँदा नेता रावल रोष्टममा गएर एमसीसीबारे बोल्नु व्यक्तिगत रुपमा हिरो बन्न खोजेको र अनुशासन उल्लंघन गरेको अध्यक्ष ओलीले बताए ।

    images
    images
    images

    अध्यक्ष ओलीले रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ । तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो । ‘भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ ।’

    पार्टीको अनुशासन उल्लंन गरेर एमसीसीबारे बोलेका रावललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा ओलीले केही बोलेनन् । केव रावलले पार्टीको निर्णय र धारणा विपरीत काम गरिरहेको ओलीको भनाइ थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, फाल्गुण १७ २०७८०४:०७:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij