बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ओलीमा दिमागी समस्या रहेको नेपालको आरोप

ओलीमा दिमागी समस्या रहेको नेपालको आरोप

राजनीति

images
  • 449
    SHARES

  • images
    images
    images
    ओलीमा दिमागी समस्या रहेको नेपालको आरोप
    images
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् ।

    उनले उनको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ ।

    images
    images
    images

    उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देशशक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ ।

    एमसीसीमाथि आशंका खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरुको पनि दोष रहेको बताए ।

    यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए ।

    ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने सोच रहेको आरोप लगाए ।

    ‘एमसीसीमा समर्थन छ पनि भन्ने अनि समामुखलाई निकाल पनि भन्ने ? त्यो पार्टीको दर्ता खारेज गर । ५ दलीय गठबन्धन तोड । हामीलाई मुख्ष्मन्त्री देउ भनेको मान्छे मन्त्री बनाइदेउ भन्ने छ ।’ उनले भने ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, फाल्गुण १७ २०७८०४:१६:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij