काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबार (१९ फागुन) देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।
ग्याल्पो ल्होछार पर्वको दिन भोलि (बिहिबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए।प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै आएका छन्।
यस वर्ष नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij