मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिलोत्तमा नगरपालिकाले बनायो अतिथि गृह तथा सभाहल

तिलोत्तमा नगरपालिकाले बनायो अतिथि गृह तथा सभाहल

images
  • 794
    SHARES

  • images
    images
    images
    तिलोत्तमा नगरपालिकाले बनायो अतिथि गृह तथा सभाहल
    images
    images
    images

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमानगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो ।

    हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।
    कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो । महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्य अनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

    images
    images
    images

    Capture.PNG

    नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो । नगरपालिकाका योजनाप्रमुख ईञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७लाख रहेको छ ।

    अतिथिगृह तथा सभाहलको बुधबार आयोजित एक कार्यक्रम बीच रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्नुभयो । त्यस अवसरमा पूर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिकपूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमाप्रभावकारी काम गरेको बताउनुभयो ।

    274791418_10219527440409250_4759155285669949390_n.jpg

    कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने लगायतले विकास निर्माण तथामहामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा बोल्नुभएको थियो । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij