बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमसीसी परियोजना कार्यान्वयनमा लैजान कर्मचारीहरू माग

एमसीसी परियोजना कार्यान्वयनमा लैजान कर्मचारीहरू माग

images
  • 463
    SHARES

  • images
    images
    images
    एमसीसी परियोजना कार्यान्वयनमा लैजान कर्मचारीहरू माग
    images
    images
    images

    काठमाडौँ । एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।

    एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सब स्टेसन), अनुगमन मूल्याङ्कन तथा आर्थिक विष्लेषण गर्ने व्यवस्थापक, लिड इन्जिनियर (प्रसारणलाइन), ऊर्जा क्षेत्र पुनर्संरचनाका विशेषज्ञ, अनुगमन मूल्याङ्कनका विशेषज्ञ, डीईडी म्यानेजमेन्ट गर्ने असिस्टेन्ट, आउटरिच कम्युनिकेसन असिस्टेन्ट, कार्यालय सहयोगी र ड्राइभर पदमा आवेदन माग गरेको छ ।

    images
    images
    images

    यी पदहरूमा आवेदन दिन इच्छुकले १५ मार्चसम्म आवेदन दिन सक्नेछन् । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिँदै छ ।

    यी आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानको लागि स्वीकृति, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका काम सक्नुपर्छ । एमसीए–नेपालले निर्माण सुरु हुने दिन (मिति) तोकेर त्यसैअनुसार यी पूर्वतयारको काम सुरु गर्न विभिन्न पदमा आवेदन मागेको हो ।

    यस्ता पूर्वतयारका काम सक्न लाग्ने अवधि मूल्याङ्कन गरेर एमसीए(नेपालले परियोजनाको कार्यान्वयन सुरु हुने हुने मिति तोक्ने छ । यसअघि पनि यस्ता मितिहरू पटक–पटक तोकिएका थिए, तर संसदबाट सम्झौता अनुमोदनमा ढिलाइ भएपछि सर्दै आएको थियो ।

    अब एमसीए नेपाले मुख्य रूपमा आयोजना सुरु हुनुअघि कार्यस्थलमा गर्नुपर्ने पूर्व तयारी सक्ने र कागजी रूपमा नेपाल सरकारले तोकेका प्रक्रिया पुरा गर्नेतर्फ केन्द्रित हुने बताएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, फाल्गुण १८ २०७८०८:४७:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij