देवदह। रुपन्देहीको देवदहमा रहेको रोहिणी सामुदायिक वन तथा उपभोक्ता समुहको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले पुन:चन्द्र बहादुर रसाइलीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्व सम्मत रुपमा निर्वाचित गरेको छ।
वनको उपाध्यक्षमा निर्मल पराजुली,सचिबमा नानीमैया पहारी,सह-सचिबमा गंगा राम विक,कोषाध्यक्षमा श्याम थापा निर्वाचित भएका छन।
त्यसै गरि सदस्यहरुमा केशब पराजुली,शंकर विक,सबिता शर्मा,राहुल विक,नर्मदा पौडेल,बर्षा विक,जस कुमार पुन,मिना खाती,दुर्गा जिसी,कृष्णा कुमारी ठकुरी र कन्यावती जैसी रहेका छन्।
त्यसै गरि हर्क बहादुर खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ। जसको सदस्यहरुमा सपना रोका र शेष नारायण गौतम रहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij