बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रगति सामुदायिक वनको चौथो अधिबेशन सम्पन्न

प्रगति सामुदायिक वनको चौथो अधिबेशन सम्पन्न

images
  • 268
    SHARES

  • images
    images
    images
    प्रगति सामुदायिक वनको चौथो अधिबेशन सम्पन्न
    images
    images
    images

    फागुन २४ । प्रगती सामुदायिक वन उपभोक्ता समुद देवदह ९ को १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । मंगलबार संस्थाको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशक इन्द्र बहादुर पछाइले सामुदायिक वनको संरक्षणमा सबैको चासो हुनुपर्ने बताउनुभयो । निर्देशक पछाइले हाल अधिकांश सामूदायीक वनहरुमा लागू भएको वैज्ञानिक वन कार्यविधि खारेज भएको अवस्था भएपनि त्यसको सट्टामा छिट्टै प्रभावकारी कार्यविधि आउने बताउनुभयो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नम्बर ९ का वडा अध्यक्ष केशव भट्टराई, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी लगायतले वनको संरक्षण गर्नुपर्नेमा जाड दिनुभएको थियो । कार्यक्रममा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष चमकान्त गौडेलले समूहले सम्पादन गरेका मुख्य मुख्य कामहरुको बारेमा जानकारी दिनुभएको थियो । अध्यक्ष गौडेलले बैज्ञानिक वन व्यवस्थापन कार्यविधी बिना विकल्प खारेज हुँदा वनका नियमित कार्यहरुसमेत प्रभावीत भएको दुखेसो गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष इश्वरी घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपझोक्ता समूह भित्रका ८० वर्ष माथिका १३ जना जेष्ठ नागरिकहरुलाई नगद रु. १ हजार ५ सय र दोषल्लाले सम्मानित गरिएको थियो । त्यस्तै अपाङ्गता भएका २४ जनालाई नगद रु. २ हजार सहित सम्मान गरिएको समूहका उपाध्यक्ष पुर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै स्थानिय सन्दीप आधारभूत विद्यालयमा अध्ययन गर्ने २ जना जेहेन्दार बिधार्थीलाई पनि नगद रु. २ हजार सहित सम्मानित गरिएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    images
    images
    images

    अधिबेशनले बन्द सत्रमा पेश भएको प्रतिबेदन पारित भए पछि नया कार्यसमिति निर्वचित गर्नेछ। 

    कार्यक्रम उपाध्यक्ष पुर्ण प्रसाद पौडेलको स्वागत र सचिव अर्चना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, फाल्गुण २४ २०७८०८:३७:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij