धुर्ब लामिछाने, देवदह। वृक्षारोपण अभियान नेपाल'कोआयोजनामारुपन्देहीको देवदह नगरपालिका वडा नं ११ शंकरपुर स्थित शान्ति टोलमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पार्दै"तपाईंको रहर हाम्रो रहर,स्वच्छ र हरियाली गाउँ शहर" भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक ज्ञान प्रसाद न्यौपानेले बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि हिरा केवट (राहुल) ले वृक्षारोपणमा पानी हाली कार्यक्रमको उद्घाटन गर्दै यस क्षेत्रमै यो पहिलो र निकै सहरानिय काम भएको बताउनुभयो। हामी बिना अक्सिजन श्वास प्रश्वास गर्न सक्दैनौं यसका लागि हामीलाई बन जंगलको आवश्यक पर्दछ, अहिलेको अवस्थामा भएका रुख बिरुवा समेत काट्दै गइरहेका छन्। यस्तो अवस्थामा यस स्थानमा वृक्षारोपण अभियान सञ्चालन हुनु हामी सबैका लागि निकै लाभदायी भएको गाउँपालिका प्रमुख केवटले बताउनुभयो।

त्यस्तै नारी दिवसको अवसरमा राखिएको कार्यक्रममा बोल्दै केवटले नारीले आफ्नो हक अधिकार मागेर नपाए खोसेर भएपनि लिनुपर्ने बताउनुभयो। नारीले जस्तोसुकै घरको काम गर्न पछि नहट्ने तर आफ्नो अधिकारका निम्ति लड्न नसक्दा नारीहरू पछाडि परेको समेत बताउँदै सो दिवसको अवसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना दिँदै आयोजित वृक्षारोपण कार्यक्रम निकै राम्रो भएको साथै सहयोगी हातहरुलाई धन्यवाद दिनुभएको थियो।
वृक्षारोपण कार्यक्रममा ओमसतिया गाउँपालिका द्वारा पाँच वटा ट्री गार्ड, त्यस्तै वडा नं ६ द्वारा १ थान र वडा सचिव द्वारा एक थान ट्री गार्ड सौजन्य भएको थियो। त्यस्तै यस क्षेत्रका संघसंस्था, विभिन्न व्यवसायीक पसल साथै व्यक्तिगत रूपमा पनि विरुवा जोगाउनका लागि ट्री गार्ड सौजन्य भएको संयोजक न्यौपानेले बताउनुभयो। घर छेउका सडकमा ६० वटा ट्री गार्डमा कपुर को बिरुवा लगाइएको तथा कागती, तेजपत्ता र धुपिको बिरुवा गरी १०० वटा बिरुवा आ - आफ्ना घरमा लगाउनका लागि वितरण गरिएको समाजसेवी तथा वृक्षारोपण अभियानका सचिव बल बहादुर श्रेष्ठ (असीम) ले बताउनुभयो।

पहिलो चरणको वृक्षारोपण अभियान श्री शंकर आधारभूत विद्यालयमा सम्पन्न भइसकेको र यो दोस्रो चरणको वृक्षारोपण अभियान रहेको र अब तेश्रो चरणको वृक्षारोपण अभियान पनि चाँडै नै हुने संयोजक न्यौपानेले बताउनुभयो। गाउँलाई हरियाली बनाउन सके हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी हुने भन्दै अबका दिनमा यस कार्यलाई निरन्तरता दिने साथै
बिरुवा लगाउनु मात्र मुख्य काम नभई यसलाई हुर्काउने बढाउने सबैभन्दा महत्वपूर्ण काम भएको संयोजक न्यौपानेले बताउनुभयो।
सडक लाई फराकिलो बनाउँदै लगाइएका रुख बिरुवाले गाउँ टोल लाई त सुन्दर बनाउँछ नै, पर्यावरण को लागि पनि अत्यन्त फाइदा मन्द रहेको साथै यो अभियान आगामी दिनहरुमा पालिका, जिल्ला हुँदै राष्ट्रिय स्तरमा समेत अगाडि बढाई देशलाई पनि केही योगदान दिन पाइएमा आफूले जन्मेको देशमा केही गरेको महसुस हुने सचिव श्रेष्ठले बताउनुभयो।
यस वृक्षारोपणका लागि करिब ३ लाख ५० हजार खर्च भइसकेको छ, आर्थिक सहयोगका लागि न त स्थानीय सरकारले नै चासो दियो, न त कार्यक्रमा नै उपस्थिति भयो। आज देवदह नगरपालिका नभई आज यस नगरपालिका ओमसतिया गाउँपालिका जस्तो आभास भएको सहभागीले बताए। किनभने धेरै ट्री गार्ड मा सौजन्यकर्ता ओमसतिया गाउँपालिकाकै देख्न सकिन्छ।

यदि सक्रिय भई गाउँ र देश विकासमा लाग्न सके के सम्भव हुँदैन र भन्ने उदाहरण यस अभियानले दिएको सचिव श्रेष्ठले बताउनुभयो।
आज राजनैतिक व्यक्तित्व भनेर चिनिने व्यक्तिहरू भ्रष्ट्राचारमा लिप्त हुँदा, अभियान कर्ताको यो काम निकै प्रसंशा योग्य महसुस भएको उपस्थित वक्ताहरुले बताए, र यो ठाउँमा आशाको को किरण आएको अनुभूति समेत भएको बताए।
अहिलेको अवस्थामा सारा देश, देशका हरेक तह राजनीतिको कीचलोमा फसिरहादा यो गाउँ भने एकताको सूत्रमा बाँधिदै जुरुक्कै उठेको महसुस भएको छ।
कार्यक्रममा विभिन्न संस्थाका अतिथिहरुले आ - आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो, भने सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई निकै रोमान्चक बनाएको थियो।
ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता रओमसतिया गाउँपालिका प्रमुख हिरा केवट (राहुल) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि आफन्त साकोस का अध्यक्ष शंकर पाण्डे, अतिथि H.K नेटवर्कका सञ्चालक टीकाराम न्यौपाने साथै विभिन्न समाज सेविहरुको साथै आमा समूह, क्लबहरुको समेत सहभागिता रहेको कार्यक्रमको सञ्चालन समाजसेवी बल बहादुर श्रेष्ठ (असीम) ले गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij