देवदह । नेशनल प्याब्सन नेपालको फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा सम्पन्न भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय समितिको सचिव पदमा देवदहका कृष्ण प्रसाद पौडेल निर्वाचित भएका छन्।
सगरमाथा आवासिय मा.वि. तथा सगरमाथा कलेजका प्राचार्य, हिसान रुपन्देहीका अध्यक्ष, शैक्षिक व्यक्तित्व विगत लामो समय देखि शिक्षा क्षेत्रमा आबद्द पौडेल नेशनल प्याब्सन नेपालको सचिव पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन्।
आफुलाई साथ,सहयोग र बिश्वास गरेर निर्वाचित गर्नका लागि सहायो गर्ने सम्पूर्णमा पौडेलले धन्यवाद ज्ञापन समेत व्यक्त गरेका छन्।शिक्षा क्षेत्रमा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउंदै पौडेलले शैक्षिक क्षेत्रम सुधारका लागि काम गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij