बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • 447
    SHARES

  • images
    images
    images
    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह । देवदहमा स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार देवदह नगरपालिकाको आयोजना र युएसएआइडीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण कार्यक्रमका लुम्बिनी र कर्णाली प्रदेशका जेसी कन्सल्टेन्ट रमा भण्डारीद्वारा सहजिकरण गरिएको थियो । 

    images
    images
    images

    परिचयात्मक रुपमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले परिचयसहित आँफुले जानी नजानी गरेका र भोगेका सामाजिक तथा लैङ्गिक विभेदहरुको बारेमा आफ्ना अनुभवहरु बताएका थिए । 

    कार्यक्रममा लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणको अन्तर्राष्ट्रिय मान्यता तथा नेपालले विभिन्न समयमा अगाडि बढाएका योजना तथा नीतिहरुको बारेमा सहजकर्ता भण्डारीद्वारा जानकारी दिईएको थियो । 

    सहजकर्ता भण्डारीले बि.सं. २०१३ सालदेखि योजनाबद्ध विकास सुरु भएको नेपालमा विभिन्न समयमा बनेका नीति, नियम तथा संवैधानिक व्यवस्थाले समाजमा जरा गाडेर बसेको महिला विभेद, सामाजिक तथा लैङ्गिक विभेदको न्युनिकरण र निर्मूलीकरणमा खेलेको महत्वपूर्ण भूमिकाको बारेमा जानकारी गराउँदै परिवर्तीत राज्य व्यवस्थामा केन्द्र, प्रदेश र स्थानिय तहको स्वरुप निर्धारण भई राज्य अगाडि बढिरहेको सन्दर्भमा हरेक स्थानिय तहले जेसीका मूल्य मान्यता अनुसार जेसी अवधारणालाई लागू गर्न आफ्ना कार्यक्रमहरु अगाडि बढाउनुपर्ने बताएकी थिइन्  । 

    अन्तरक्रियात्मक शैलिमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा समाजमा व्याप्त सामान्य जस्ता लाग्ने तर गम्भीर प्रकृतिका विभेदहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा देवदह नगरपालिकाको नीति निर्माणको तहमा काम गर्ने उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, शिक्षा अधिकारी टिकाराम शर्मा, स्वास्थ्य प्रमुख काशीनाथ बञ्जाडे, सहायक स्वास्थ्य प्रमुख राम प्रसाद बस्याल लगायत नगरका स्वास्थ्य तथा बिभिन्न क्षेत्रका कर्मचारीहरु, नगरका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, वडा नं. १, ४, ६ र ७ का वडा अध्यक्षहरु क्रमश रमेश शर्मा भुसाल, दिपक चापागाईं, दामोदर क्षेत्री र पदम थापा लगायत बिभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, फाल्गुण २५ २०७८०८:४८:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij