गुराँस मिडिया। संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
घटनास्थलमा उद्धारकार्य जारी छ ।गंभिर घाइतेलाई हेलिकप्टर बाट उद्धार गरि अस्पताल लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij